default_image

3 years ago

March 15, 2023

नेपाललाई विश्वकपमा पुर्याउने उत्तमलाई गृहजिल्लामा भब्य स्वागत

273 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाललाई आइसिसी यू–१९ विश्वकप २०२४ मा पुर्याउन महत्वपूर्ण प्रदर्शन गरेका विकेटकिपर उत्तम थापामगरलाई गृहजिल्ला अर्घाखाँचीमा भब्य स्वातग गरिएको छ । जिल्ला क्रिकेट संघ अर्घाखाँचीको आयोजनामा उत्तमलाई मंगलबार सन्धिखर्कमा भब्य स्वागत गरिएको छ ।

जिल्ला क्रिकेट संघ अर्घाखाँचीका अध्यक्ष ऋषि भट्टाईको नेतृत्वमा उनलाई सन्धिखर्क बजार परिक्रमा गरिएको थियो । चौथो अर्घखाँची क्रिकेट प्रिमियर लिगको फाइनलको अवसर पारी उत्तम गृहजिल्ला पुगेका थिए ।

खेलपछि उनलाई एक कार्यक्रम गरि सम्मान पनि गरिएको थियो । यसअघिका तीन संस्करणको अर्घाखाँची प्रिमियर लिग खेलेपनि यस पटक आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटको कारण गुमाएका थिए ।

‘हामीले फाइनल खेलको मौका पारेर सम्मान र बजार परिक्रमा गर्दै ¥याली निकालेका हौं । हामीले सम्मान गरेका थियौं । बिहीबार नगरपालिकाले नगदपुरस्कार सहित सम्मान गर्छ होला । अर्घाखाँची प्रिमियर लिग खेल्दै माथि पुगेको खेलाडी हुँदा एकदमै खुसी छौं’, ऋषिले हाम्रो खेलकुदसँग भने ।

त्यसैमा उनले थपे, ‘उसले सुरुमा डेब्यू गर्दा १३ वर्षको थियो । उसको क्लास देखेर नै यू–१५ को खेलाडी राख्नु पर्छ भनेर राखेका हौं । उसले राम्रो प्रदर्शन गरेको थियो । फाइनलमा कप्तानसँग ९० रनको साझेदारी गरेको थियो । यसअघिका तीनै संस्कारण खेलेको थियो ।’

अर्घाखाँचीको भूमिकस्थान घर भएका उत्तम उमेर समूह हुँदै घरेलु क्रिकेट बागमती प्रदेशबाट खेल्दै आएका छन् । अर्घाखाँची क्यानको मान्यता प्राप्त सदस्य होईन । त्यसैले राष्ट्रिय प्रतियोगिता छनोट खेल्न पाउँदैन ।

अन्य जिल्लाबाट छनोट खेल्नुपर्ने बाध्यता छ । उत्तम काठमाडौंबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् । अर्घाखाँची नेपालको सक्रिय जिल्लामा पर्दछ । लगातार प्रतियोगितासहित उदाहरणीय काम गर्दै आएको अर्घाखाँची क्यानको सदस्यताको पर्खाईमा छ ।

यता विकेटकिपर उत्तमले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटको निर्णायक खेलमा युएईविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । उत्तमले ४८ बलमा ३ चौका र १ छक्कासहित ३६ रन जोडेका थिए । एक समय १९–३ को अवस्थाबाट कप्तान देव खनालसँग ८४ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.