default_image

3 years ago

April 20, 2023

लखनऊको सानदार पूनरागमन जित

169 views

0 Bookmark

एजेन्सी – मार्कस स्टोइनिस र आवेश खानको उत्कृष्ट बलिङमा लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २६ औं खेलमा राजस्थान रोयल्समाथि १० रनको सानदार पूनरागमन जित हात पारेको छ ।

जितको लागि १ सय ५५ रनको मध्यम विजयी लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४४ रन बनायो ।

राजस्थानका जस बटलरले ४१ बलमा ४ चौका र १ छक्कासहित ४० रन बनाए । यशस्वी जैसवाल ३५ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४४ रनमा आउट भए । पहिलो विकेटका लागि बटलर र जैसवालले ११.३ ओभरमा ८७ रनको साझेदारीका साथ सानदार सुरुवात दिलाएका थिए ।

जैसवाललाई स्टोइनिसले आवेश खानबाट क्याच गराए । त्यसपछि लगातार विकेट गुमाएपछि मध्यम योगफलमा पनि पराजित हुन पुगेको हो । देवदत्त पाडिक्कल २१ बलमा ४ चौकासहित २६, रियान पराग १५, शिम्रन हेटमायर र सन्जु स्यामसन २(२ रन बनाए । लखनऊका आवेश खानले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । मार्कस स्टोइनिसले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि जयपुरमा टस हारेर पहिला ब्याटिङ थालेको लखनऊले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । लखनउको जितमा ओपनर कायल मेयर्स ४२ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५१ रनमा आउट भए । उनी स्पिनर रविचन्द्रन आश्विनको बलमा बोल्ड आउट भए ।

अर्का ओपनर लोकेश राहुल ३२ बलमा ४ चौका र १ छक्कासहित ३९ रनमा आउट भएका थिए । पहिलो विकेटका लागि लाहुल र मेयर्सले १०.४ ओभरमा ८२ रनको साझेदारी गरेका थिए ।

राहुल जेसन होल्डरको बलमा लङअनमा जस बटलरबाट क्याच आउट भए । अर्को ओभरमा आयुष बदोनी ट्रेन्ट बोल्टको बलमा एक रनमा बोल्ड भए । दीपक हुँडा दुई रन क्याच आउट भए । निकोलस पुरन २० बलमा २ चौका र १ छक्कासहित २८ र मार्कस स्टोइनिस १६ रनमा आउट भए ।

राजस्थानका रविचन्द्रन आश्विनले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिएका थिए । ट्रेन्ट बोल्टले ४ ओभरमा १ मेडनसहित १६ रन खर्चेर १ विकेट लिए । सन्दीप शर्मा र जेसन होल्डरले समान एक विकेट लिए ।

राजस्थान ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ शीर्ष स्थानमा छ । लखनऊ ६ खेलमा ४ मा जित २ मा हाखरसहित ८ अंक भएपनि नेटरनरेटको कारण दोस्रो स्थानमा छ । राजस्थानले अव आइतबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्नेछ । लखनऊले शनिबार गुजरातसँग खेल्नेछ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.