3 years ago
April 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एसिसी प्रिमियर कपमा आज घरेलु टोली नेपाल र साउदी अरेवियाबीचको खेलमा वर्षा बाधक बन्नसक्ने सम्भावना रहेको छ । खेल बिहान ९ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरुहुनेछ।

तर काठमाडौंमा आइतबार साँझ देखि हल्का वर्षा सुरु भएको थियो । आज बिहान पनि सामान्य वर्षा भएको थियो । बिहान देखिनै काठमाडौं आकाश खुलेको छैन । कालो बादलले पुरै ढाकेको छ । आज दिउँसो खेलको समयमा बर्षा हुनसक्ने उच्च सम्भावना छ ।
काठमाडौंमा विहान ८ : ४५ मा १२ प्रतिशत वर्षाको सम्भावना छ । त्यसपछि वर्षा सम्भावना बढ्दै जानेछ । त्यसको एक घण्टापछि वर्षा सम्भावना १९ प्रतिशत छ । बिहान १०: ४५ को समयमा १८ प्रतिशत वर्षाको सम्भावना छ । मध्याहन्न ११: ४५ बाट वर्षा हुने निकै उच्च सम्भवना छ । त्यो समय वर्षा हुने सम्भावना ५२ प्रतिशत छ ।
दिउँसो १२ बजेदेखि ३ बजेसम्म ७८ देखि ८० प्रतिशत सम्म वर्षा हुने सम्भावना देखिन्छ । दिउँसो चार बजेपछि विस्तारै घट्दै जानेछ । पूर्वअनुमानका अनुसार आज काठमाडौंमा वर्षा हुने उच्च सम्भावना देखिन्छ । त्यसैको कारण नेपाल र साउदी अरेवियाबीचको खेल प्रभावित हुनसक्नेछ ।

नेपाल लगातार तेस्रो जितका साथ सेमिफाइनलमा स्थान बनाउने पहिलो टोली बन्ने सोचका साथ मैदान उत्रनेछ । समूह ए मा रहेको नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । साउदी २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा छ ।
साउदी उपाधि दाबेदार नेपाललाई स्तब्ध पार्दै सेमिफाइनल सम्भावना कायमै राख्न चाहन्छ ।
नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेट र दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो । उता साउदी पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित भएको थियो । कतारलाई ७ विकेटले हराएको थियो । यस प्रतियोगिता विजेताले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]