3 years ago
April 28, 2023
एजेन्सी – मार्कस स्टोइनिस, निकोलस पुरन र कायल मेयर्सको सानदार ब्याटिङमा लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३८ औं खेलमा पन्जाब किंग्सलाई २ सय ५८ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ ।

मोहालीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लखनऊले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५७ रन बनायो । यो आइपिएल इतिहासकै दोस्रो ठूलो योगफल हो । आइपिएलमा सर्वाधिक ठूलो योगफल २०१३ मा रोयल च्यालेन्जर्स बेंगलोरले पुणे वारियर्सविरुद्ध ५ विकेट गुमाउँदै २ सय ६३ रन बनाएको थियो । अन्य कुनैपनि टोलीले आइपिएलमा २ सय ५० रनको योगफल कटाएका छैनन् ।
लखनऊका मार्कस स्टोइनिसले ४० बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ७२ रनको योगदान दिए । कप्तान लोकेश राहुल ९ बलमा १ चौका र १ छक्कासहित १२ रनमै आउट भए । तर अर्का ओपनर कायल मेयर्सले २४ बलमा ७ चौका र ४ छक्कासहित ५४ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।
आयुष बदोनीले २४ बलमा ३ चौका र ३ छक्कासहित ४३ रन बनाउदै आउट भए । तेसो विकेटका लागि स्टोइनिस र बदोनीले ८९ रनको सानदार साझेदारी गरेका थिए । निकोलस पुरन १९ बलमा ७ चौका र १ छक्कासहित ४५ रनमा आउट भए । चौथो विकेटका लागि निकोलस पुरन र मार्कस स्टोइनिसले ३० बलमा ७६ रनको साझेदारी गरेका थिए । दीपक हुडा ११ र क्रुनाल पान्ड्याले ५ रन बनाए ।
पन्जाबका कागिसो रबाडाले ४ ओभरमा ५२ रन खर्चेर २ विकेट लिए । अर्शदीप सिंह, साम करन र लियाम लिभिङस्टोनले समान एक विकेट लिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]