default_image

3 years ago

April 30, 2023

फखार जमानको सानदार शतकसँगै पाकिस्तान विजयी

190 views

0 Bookmark

एजेन्सी – ओपनर फखार जमानले लगातार दोस्रो शतक हानेपछि पाकिस्तानले दोस्रो ओडिआई खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराएको छ । योसँगै पाँच ओडिआई खेलको सिरिजमा पाकिस्तानले २-० को अग्रता लिएको छ ।

जितको लागि ३ सय ३७ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४८.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानका ओपनर फखार जमान १ सय ४४ बलमा १७ चौका र ६ छक्कासहित १ सय ८० रनको सानदार अविजित इनिङ खेले । जमानले पहिलो खेलमा १ सय १७ रनको शतकीय इनिङ खेलेका थिए ।

कप्तान बाबर आजम ६६ बलमा ५ चौका र १ छक्कासहित ६५, ओपनर इमाम उल हक २४ र अब्दुल्लाह शफिक ७ रनमा आउट भए । मोहम्मद रिजवान ४१ बलमा ६ चौकासहित ५४ रनमा अविजित रहे । न्युजिल्यान्डका म्याट हेनरी, हेनरी शिफ्ले र ईश सोधीले समान एक विकेट लिए ।

त्यसअघि रावलपिंडी रंगाशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले ५० ओभरमा ५ विकेट गुमाउदै ३ सय ३६ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन ।

न्युजिल्यान्डका डर्याल मिचेलले १ सय १९ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक १ सय २९ रनको शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । उनको यो दोस्रो लगातार शतक हो । पहिलो खेलमा १ सय १३ रन बनाएका थिए ।

ओपनर चाद वोवेस ५१, विल योंग १९, मार्क च्यापम्यान १ र जेम्श निसमले १७ रन बनाए । कप्तान टम लाथम ८५ बलमा ८ चौका र १ छक्कासहित ९८ रनमा आउट भए ।

पाकिस्तानका हरिस रौफले १० ओभरमा ७८ रन खर्चेर ४ विकेट लिए । नसिम शाहले एक विकेट लिए । पहिलो खेलमा पाकिस्तान ५ विकेटले विजयी भएको थियो । तेस्रो खेल बुधबार, चौथो शुक्रबार र पाँचौं तथा अन्तिम आइतबार हुनेछ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.