default_image

3 years ago

May 23, 2023

टेस्ट टोलीसँग वार्मअप खेल खेल्न नपाउने नेपाल एक्लो देश

318 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आगमी महिना जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोट खेलअघि वार्मअप खेलमा टेस्ट टोलीसँग खेल्न नपाउने एक मात्रै एसोसिएट देश बनेको छ ।

प्रतियोगितामा चार टेस्ट र ६ एसोसिएट सहित १० टोली छन् । नेपाल बाहेक अन्य पाँच एसोसिएट देशले बलिया टेस्ट टोलीसँग वार्मअप खेल खेल्नेछन् । यता नेपालले भने आइसिसी र आफूले व्यवस्था मिलाएका सबै वार्मअप खेल एसोसिएट टोलीविरुद्ध खेल्नेछ ।

वार्मअप खेलहरु जेठ ३० र ३२ मा हुनेछन् । नेपालले जेठ ३० मा युएई र जेठ ३२ मा ओमानसँग वार्मअप खेल खेल्नेछ । नेपाल बाहेक अन्य पाँच एसोसिएट टोलीले भने बलिया टेस्ट टोलीसँग वार्मअप खेल खेल्नेछन् । युएईले नेपालपछि वेस्टइन्डिजसँग वार्मअप खेल खेल्नेछ ।

ओमानले नेपालअघि जिम्बावेसँग वार्मअप खेल खेल्नेछ । स्कटल्यान्डले वेस्टइन्डिज र जिम्बावेसँग वार्मअप खेल खेल्नेछ । नेदरल्यान्ड्सले श्रीलंका र आयरल्यान्डसँग वार्मअप खेल खेल्नेछ ।

अमेरिकाले श्रीलंका र आयरल्यान्डसँग वार्मअप खेल खेल्नेछ । वार्मअपमा खेलमा टोलीमा भएका १५ खेलाडीलाई नै खेलाउन मिल्छ । यस खेल प्रतियोगिता अघि तयारीको रुपमा आइसिसीले प्रदान गर्ने हो । वार्मअप खेलले कुनैपनि मान्यता पाउने छैन । यो एउटा अभ्यास खेल मात्रै हुनेछ ।

नेपाल अन्तिम तयारीको लागि दक्षिण अफ्रिका जाने कार्यक्रम छ । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकको अनुसार नेपाल जेठ १८ मा दक्षिण अफ्रिका जानेछ । एक हप्ताको तयारीपछि नेपाल जेठ २८ मा जिम्बावे लाग्नेछ । नेपालले दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग वार्मअप खेल खेल्ने कार्यक्रम छ ।

नेपालले विश्वकप छनोट अघि खेल्ने चारै वार्मअप खेल एसोसिएट टोलीविरुद्ध हुनेछन् । उता युएई भने वेस्टइन्डिजसँग तीन ओडिआई खेलको सिरिजका साथ जिम्बावे जानेछ । युएईले जुन ४, ६ र ९ मा घरेलु मैदानमा वेस्टइन्डिजसँग तीन खेलको ओडिआई सिरिज खेल्ने कार्यक्रम छ ।

प्रतियोगिता समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान छन् । प्रतियोगिता असार ३ देखि २४ (जुन १८ देखि जुलाई ९) सम्म जिम्बावेमा हुनेछ ।

नेपालले पहिलो खेल असार ३ मा (जुन १८) मा जिम्बावेसँग खेल्नेछ । नेपालले त्यसको एक दिनपछि असार ५ (जुन २०) मा अमेरिकासँग खेल्नेछ । नेपालले असार ७ (जुन २२) मा वेस्टइन्डिजसँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल असार ९ (जुन २४) मा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

यदी समूह चरणमा शीर्ष तीनमा पर्न सके नेपालले सुपर सिक्समा स्थान बनाउनेछ । सुपर सिक्समा हरेक समूहबाट शीर्ष तीन टोली आउनेछन् ।

सुपर सिक्समा सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् । भारत, अष्ट्रेलिया, इंग्ल्यान्ड, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, बंगलादेश र दक्षिण अफ्रिकाले भने सिधैं विश्वकपमा स्थान बनाएका छन् ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.