3 years ago
May 24, 2023
एजेन्सी – चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) मा १० औं पटक फाइनलमा पुगेको छ । आइपिएल २०२३ को पहिलो क्वालिफायरमा साविक विजेता गुजरात टाइटन्सलाई १५ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

सुरुवात देखि नै धोनीको कप्तानीमा खेल्दै आएको चेन्नईले चार पटक उपाधि जितेको छ । चेन्नईले सन् २०१०, २०११, २०१८ र २०२१ मा उपाधि जितेको थियो । चेन्नई २००८, २०१०, २०११, २०१२, २०१३, २०१५, २०१८, २०१९, २०२१ र २०२३ मा फाइनलमा स्थान बनाएको हो ।
चेन्नई २००९ मा सेमिफाइनलबाट बाहिरिएको थियो । २०१४ मा पनि चेन्नई फाइनल पुग्न सकेको थिएन । प्रतिबन्धको कारण २०१६ र २०१७ को सिजन खेलेको थिएन ।
चेन्नई १४ संस्करण मध्य दुई २०२० र २०२२ मा मात्रै समूह चरणबाट बाहिरिएको थियो । अन्य १२ सिजनमा प्लेअफमा स्थान बनाएको छ । आइपिएलमा सर्वाधिक धेरै मुम्बई इन्डियन्सले पाँच पटक उपाधि जितेको छ । मुम्बईले २०१३, २०१५, २०१७, २०१९ र २०२० को उपाधि जितेको थियो । २०१० को फाइनलमा चेन्नईसँग पराजित भएको थियो ।
बुधबार एलिमनिटेर खेलमा मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेताले फाइनलमा पुग्न दोस्रो क्वालिफायरमा गुजरातसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ । आइपिएलको फाइनल आइतबार अहमदाबादमा हुनेछ ।
जितको लागि १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको गुजरात २० ओभरमा १ सय ५७ रनमा अल आउट भएको थियो । गुजरातका शुभमन गिलले ३८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४२ रन बनाए । चेन्नईको जितमा रविन्द्र जडेजा, दीपक चाहर र मथिशा पाथिरानाले सामान दुई विकेट लिए ।
त्यसअघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो । चेन्नईका युवा ओपनर ऋतुराज गायकवाडले जीवनदानको फाइदा उठाउँदै ४४ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६० रनको योगदान दिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]