3 years ago
May 30, 2023
एजेन्सी – अलराउन्डर रविन्द्र जडेजा हिरो बनेपछि चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पाँचौं पटक उपाधि जितेको छ । आइपिएल २०२३ को फाइनलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा चेन्नईले ५ विकेटले हराउँदै पाँचौं पटक च्याम्पियन बनेको हो ।

योसँगै मुम्बई इन्डियन्ससँग सर्वाधिक पाँच उपाधि कीर्तिमान चेन्नईले बराबर गरेको छ । जितको लागि १ सय ७१ रनको विशाल विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । चेन्नईलाई जितको लागि अन्तिम ६ बलमा १३ रन चाहिँएको थियो ।
तीव्र गतिका बलर मोहित शर्माले सानदार बलिङका साथ सुरुवाती चार बलमा मात्रै तीन रन चाहिँएपछि अन्तिम दुई बलमा १० रन चाहिँएको थियो । जडेजो पाँचौं बलमा लङअफमा सानदार छक्का प्रहार गर्दै जितको सम्भावना कायमै राखेका थिए । अन्तिम बलमा चार रन चाहिँदा जडेजाले चौकाका साथ च्याम्पियन बनाएका हुन् ।
चेन्नईले यसअघि २०१०, २०११, २०१८ र २०२१ मा उपाधि जितेको थियो । चेन्नईले २०१० को फाइनलमा मुम्बई इन्डियन्सलाई २२ रनले हराउँदै पहिलो पटक उपाधि जितेको थियो । २०११ को फाइनलमा चेन्नईले रोयल च्यालेन्जर्स बेंगलोरलाई फाइनलमा ५८ रनले हराउँदै उपाधि जितेको थियो ।
२०१८ को फाइनलमा चेन्नईले सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो । २०२१ को फाइनलमा चेन्नईले कोलकातालाई २७ रनले हराउँदै उपाधि जितेको थियो । चेन्नईले आइपिएलमा १० फाइनल खेलेको छ । पाँच संस्करणको फाइनलमा भने चेन्नई उप विजेता बनेको थियो । चेन्नई २००८, २०१२, २०१३, २०१५, २०१९ मा चेन्नई उपविजेता बनेको थियो ।
चेन्नईको जितमा हिरो बनेका रविन्द्र जडेजा ६ बलमा १ चौका र १ छक्कासहित १५ रनमा नट आउट रहे । त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १४ रन बनाएको थियो । गुजरातका साई सुदर्शनले ४७ बलमा ८ चौका र ६ छक्कासहित सर्वाधिक ९६ रनको सानदार इनिङ खेलेपनि उपाधि जिताउन सकेनन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]