3 years ago
May 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दास्रो महिला टि२० आई खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ८: ४५ मा बांगीमा सुरु हुनेछ । पाँच खेलको महिला टि२० आई सिरिजमा मलेसिया १-० ले अघि छ ।

नेपाल पहिलो खेलमा ५० रनमै अल आउट हुँदै मलेसियासँग ५ विकेटले पराजित भएको थियो । महिला टि२० आईमा नेपालको मलेसियासँग पहिलो हार थियो । नेपाल पहिलो खेलको गल्ती सुधार गर्दै दोस्रो खेलमा जितका साथ सिरिज बराबर गर्न चाहन्छ ।
पहिलो खेलमा नेपालकी सम्झना खड्काले सर्वाधिक १३ रन बनाएकी थिइन् । अन्य कुनैपनि ब्याटरले राम्रो गर्न सकेनन् । कप्तान रुविना क्षेत्री बेलबासे २ र सीता रानामगर शून्यमा आउट भएका थिए । यी दुई खेलाडीबाट नेपाल उत्कृष्ट प्रदर्शन चाहन्छ । सर्वाधिक अनुभवी खेलाडी हुँदा जिम्मेवारी प्रदर्शन गर्नुपर्ने हुन्छ।
नेपालले आज काजोल श्रेष्ठको स्थानमा ओपनरमा विन्दु रावललाई मौका दिनसक्छ । अप्सरी बेगमको स्थानमा सरस्वती चौधरीलाई मौका दिनसक्ने समभावना छ । इन्दु बर्मा र सम्झनाले राम्रो प्रदर्शन गर्नुपर्ने हुन्छ । झन्डै एकवर्ष पछि पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको हुँदा नेपाललाई टिम सन्तुलन बनाउन नै कठिन परेको थियो ।
नेपालको तीव्र गतिको बलरमा अश्मिना कर्माचार्य र कविता कुँवर हुनेछन् । यी दुई जोडीबाट उत्कृष्ट सुरुवात चाहन्छ । कविता जोशी नेपालको हिटर हुन् । मलेसिया ऐश्या एलिसा र इजाती इस्मालीको जोडी पुन घातक बन्नसक्छ । नेपाल र मलेसियाबीच चार महिला टि२० आई खेल भएकोछ । जसमा नेपाल तीन र मलेसिया एक खेलमा विजयी भएका छन् ।
जेठ १८ मा (जुन १) मा नेपालले तेस्रो खेल खेल्नेछ । जेठ २० र २१ (जुन ३ र ४) मा नेपालले चौथो र पाँचौं खेल खेल्नेछ।
नेपालको टोली :
रुविना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुवँर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्याति पाण्डे र सरस्वती चौधरी ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]