3 years ago
May 30, 2023
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा गुजरात टाइटन्सका शुभमन गिलले सर्वोत्कृष्ट (मोष्ट भ्यालुएबल) सहित चार अवार्ड जितेका छन् । गुजरातलाई फाइनलसम्म पुर्याउन सानदार प्रदर्शन गरेका गिलले मोष्ट भ्यालुएबल, सर्वाधिक रन बनाएवापत पाउने ओरेन्ज क्याप, ड्रिम गेम चेन्जर, सर्वाधिक चौका (रुपे वन द गो फोर सिजन) गरि कुल चार अवार्ड प्राप्त गरेका हुन् ।

गिलले हरेक अवार्डमा समान १० लाख भारु पाउनेछन् । गिलले १७ खेलमा ३ शतक र ४ अर्धशतकसहित कुल ८ सय ९० रनका साथ शीर्ष स्थानमा थिए । गिलले कुल ५ सय ६४ बल खेल्दा ८५ चौका र ३३ छक्का प्रहार गरेका थिए ।
गिलले हैदराबादविरुद्ध १ सय १ र रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध १ सय ४ रन बनाउँदै आउट भएका थिए । उनको उत्कृष्ट शतकमा विराट कोहलीको शतक छायाँमा पर्दै बेंगलोर प्लेअफ दौडबाट बाहिरिएको थियो । लगातार दुई शतक हानेका गिल चेन्नईविरुद्ध पहिलो क्वालिफायर भने ४२ रनमा आउट हुन पुगेका थिए ।
दोस्रो क्वालिफायरमा मुम्बईविरुद्ध गिलले १ सय २९ रनको सानदार शतकीय इनिङका साथ फाइनलमा स्थान पक्का गराएका थिए । गिल फाइनलमा २० बलमा ७ चौकासहित ३९ रनमा आउट भएका थिए । फाइनलमा दुई जीवनदान पाए पनि त्यसको भरपूर्ण फाइदा उठाउन भने सकेनन् ।
आइपिएलमा पर्पल क्याप मोहम्मद शामीले २८ विकेटका साथ जितेका छन् । त्यस्तै इमर्जिङ प्लेयर अवार्ड राजस्थान रोयल्सका यशस्वी जैसवालले जितेका छन् । सर्वाधिक छक्का र टाढा प्रहार गर्ने अवार्ड बेंगलोरका फाफ डु प्लेसिस, उत्कृष्ट स्ट्राइकरेट ग्लेन म्याक्सवेल, उत्कृष्ट क्याच राशिद खान र फेयर प्ले अवार्ड दिल्ली क्यापिटल्सले जितेको छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]