3 years ago
May 30, 2023
एजेन्सी – राजस्थान रोयल्सका युवा ब्याटर यशस्वी जैसवालले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा इमर्जिङ प्लेयर अवार्ड(उदीयमान) जितेका छन् । जैसवालले कोलकाता नाइट राइडर्सको रिंकु सिंहलाई पछि पार्दै उक्त अवार्ड प्राप्त गरेका हुन् ।

राजस्थान लिग चरणबाटनै बाहिरिएपनि जैसवालले भने यस सिजनमा सानदार प्रदर्शन गरे । उनले १४ खेलमा १ शतक र ५ अर्धशतकसहित कुल ६ सय २५ रन बनाएका थिए । उनी यस सिजनको आइपिएलमा सर्वाधिक रन बनाउने पाँचौं ब्याटर हुन् ।
जैसवालले लिगको ५६ औं खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध १३ बलमै अर्धशतक पूरा गरेका थिए । जुन आइपिएल इतिहासकै सर्वाधिक छिटो बलमा अर्धशतक थियो । उक्त खेलमा जैसवालले ४७ बलमा ९८ रनको इनिङ खेलेका थिए । उनले मुम्बई इन्डियन्सविरुद्ध ६२ बलमा १६ चौका र ८ छक्कासहित १ सय २४ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।
जैसवालले प्रतियोगिताभर ३ सय ८२ बल खेल्दा ८२ चौका र २६ छक्का प्रहार गरेका थिए । सन्जु स्यामसन, जस बटलर र शिम्रन हेटमायर जस्ता ब्याटर नचलेपछि राजस्थान लिगमा पाँचौं स्थानमा रहेर बाहिरिनु परेको थियो । जैसवालले अवार्ड वापत १० लाख भारु प्राप्त गर्नेछन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]