3 years ago
May 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली मलेसियाले दोस्रो टि२० आई खेलमा नेपाललाई ९७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९६ रन बनायो ।
मलेसियाको लागि मास एलिसा यासमिन जुक्किफीले ३४ बलमा २ चौकासहित सर्वाधिक २८ रन बनाइन् । मलेसियालाई ओपनर विनीफ्रेड आनी दुराईसिंगम र वान जुलिया मान मोहम्मद रोस्दीले पहिलो विकेटका लागि ६.३ ओभरमा ३१ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए ।
विनीफ्रेदलाई रविना क्षेत्री बेलबासेले २६ बलमा ३ चौकासहित २० रनमा बोल्ड गरिन् । दोस्रो विकेटका लागि जुलिया र एलिसाले ३६ रनको साझेदारी गरेका थिए । जुलिया ३५ बलमा २० रनमा आउट भइन् ।
उनी इन्दु बर्माको बलमा सम्झना खड्काबाट क्याच आउट भइन् । रुविनाले नै एलिसालाई एलबीडब्लू आउट गरिन् । हामिजाह हाशिम १६ बलमा १४ रनमा नटआउट रहिन् ।
नेपालको रुविना क्षेत्रीबेलबासेले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । इन्दु बर्मा ४ ओभरमा ११ रन खर्चेर १ विकेट लिए ।कविता कुँवरले ३ ओभरमा ९ रन खर्चेर १ विकेट लिइन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]