default_image

9 months ago

May 30, 2023

मलेसियामाथि नेपालको उत्कृष्ट जित

काठमाडौं (हाम्रो खेलकुद) ( नेपालले दोस्रो महिला टि२० आई खेलमा घरेलु टोली मलेसियामाथि ७ विकेटको उत्कृष्ट जित हात पारेको छ । योसँगै नेपालले पाँच महिला टि२० आई खेलको सिरिज १(१ को बराबरी गर्न सफल भएको छ । जितको लागि ९७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा […]

131 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) ( नेपालले दोस्रो महिला टि२० आई खेलमा घरेलु टोली मलेसियामाथि ७ विकेटको उत्कृष्ट जित हात पारेको छ । योसँगै नेपालले पाँच महिला टि२० आई खेलको सिरिज १(१ को बराबरी गर्न सफल भएको छ ।

जितको लागि ९७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कप्तान रुविना क्षेत्री बेलबासे २१ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा नट आउट रहिन् ।

नेपाललाई ओपनर कविता कुँवर र सीता रानामगरले राम्रो सुरुवात दिलाउँदै जितको आधार तय गरेका थिए । कविता कुँवरले ४३ बलमा २ चौकासहित २६ रन बनाइन् । त्यस्तै अर्की ओपनर सीता रानामगर २२ बलमा २ चौका र १ छक्कासहित २३ रनमा बोल्ड आउट भइन् ।

सीता निक नुर अतालियाको बलमा बोल्ड भएकी थिइन् । विन्दु रावल १८ बलमा २ चौकासहित १७ रनमा क्याच आउट भइन् । सम्झना खड्का २ रनमा नटआउट रहिन् । मलेसियाकी ऐश्या एलिसा, निक नुर र विनीफ्रन्ड आनीले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९६ रन बनाएको थियो । तर त्यो नेपाली ब्याटर सामु जित निकाल्न पर्याप्त भएन ।

मलेसियाको लागि मास एलिसा यासमिन जुक्किफीले ३४ बलमा २ चौकासहित सर्वाधिक २८ रन बनाएकी थिइन् । विनीफ्रेदलाई रविना क्षेत्री बेलबासेले २६ बलमा ३ चौकासहित २० रनमा बोल्ड गरिन् । जुलिया ३५ बलमा २० रनमा आउट भइन् । उनी इन्दु बर्माको बलमा सम्झना खड्काबाट क्याच आउट भइन् । रुविनाले नै एलिसालाई एलबीडब्लू आउट गरिन् । हामिजाह हाशिम १६ बलमा १४ रनमा नटआउट रहिन् ।

नेपालको रुविना क्षेत्रीबेलबासेले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन् । इन्दु बर्मा ४ ओभरमा ११ रन खर्चेर १ विकेट लिए ।कविता कुँवरले ३ ओभरमा ९ रन खर्चेर १ विकेट लिइन् । नेपाल पहिलो खेलमा मलेसियासँग ५० रनमा अल आउट हुँदै ५ विकेटले पराजित भएको थियो । जुन नेपालले मलेसियासँग महिला टि२० आई खेलमा हारेको पहिलो खेल थियो । जेठ १८ मा (जुन १) मा नेपालले तेस्रो खेल खेल्नेछ । जेठ २० र २१ (जुन ३ र ४) मा नेपालले चौथो र पाँचौं खेल खेल्नेछ।

नेपालको टोली :

रुविना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुवँर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्याति पाण्डे र सरस्वती चौधरी ।

March 2, 2024

बलिङ चम्कँदा नेपाललाई सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दा त्रिकोणात्मक सिरिजको पाँचौ खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध १ सय २१ रनको सामान्य लक्ष्य पाएको छ । टस जितेर पहिलो ब्याटिङ रोजेको नेदरल्यान्ड्सले १९.३ ओभरमा अलआउट हुनुअघि १ सय २० रन जोड्यो । पहिलो ओभरमै दुई विकेट गुमाएको नेदरल्यान्ड्सले तेस्रो विकेटका लागि संयमित साझेदारी पाएको थियो । तर मध्यक्रममा […]

March 2, 2024

प्रतिश र कुशललाई लगातार २-२ विकेट

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते तीव्र गतिका बलर प्रतिश जिसी र बायाँ हाते स्पिनरले एकै ओभरमा नेदरल्यान्ड्सका २-२ ब्याटरलाई आउट गरेका छन् । नेदरल्यान्ड्स १० ओभर सकिँदा ६ विकेट गुमाएर ६० रनको दयनीय स्थितिमा छ । क्रिजमा तेजा निदामानुरु २ रनमा छन् । इनिङको नवौं ओभरमा प्रतिशले डच कप्तान स्कट एडवार्ड्स र ओपनर म्याक्स […]

March 2, 2024

करणलाई पहिलो ओभरमै दुई विकेट

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसीले नेदरल्यान्ड्सविरुद्ध खेलको पहिलो ओभरमै दुई विकेट लिएका छन् । टस जितेर पहिलो ब्याटिङ रोजेको नेदरल्यान्ड्सले पहिलो ओभरमा ४ रन जोडेर २ विकेट गुमायो । करणले चौथो बलमा माइकल लेभिटलाई दिपेन्द्र सिंह ऐरीको बलमा मिड अफमा क्याच गराए । लेभिटले दोस्रो बलमा चौका प्रहार गरेका थिए । […]

Success

Thank you for your time.