default_image

3 years ago

May 30, 2023

उपाधि जितेपछि धोनीले भने, ‘अर्को सिजन अन्तिम पटक खेल्ने प्रयास गर्नेछु’

271 views

0 Bookmark

एजेन्सी – विश्व क्रिकेटकै एक उत्कृष्ट कप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को उपाधि चेन्नई सुपर किंग्सलाई जिताएपछि आफूले अर्कोवर्ष अन्तिम सिजन खेल्ने प्रयास गर्ने बताएका छन् ।

सोमबार राती गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा पाँच विकेटले पराजित गरेपछि धोनीले आफ्नो संन्यासबारे बताएका हुन् । धोनीले संन्यास लिने यो उत्कृष्ट समय भएपनि दर्शकले देखाएको अद्धभूत मायाको कारण अर्को वर्ष अन्तिम पटक खेल्ने प्रयास गर्ने बताएका छन् ।

‘मैले संन्यास लिने यो सबैभन्दा उत्कृष्ट समय हो । तर यो वर्ष म जहाँ खेलेपनि समर्थकबाट माया र स्नेह देखेको छु । मेरो लागि धेरै धेरै धन्यावाद भन्न सजिलो हुनेछ । तर मेरो लागि कठिन भनेको आगमी ९ महिना कडा मिहिनेत गरेर पूनरागमन गर्दै अन्तिम सिजन खेल्ने प्रयास गर्नेछु’, धोनीले भने ।

धोनीले आफ्नो शारीरिक अवस्थामा भरपर्ने प्रष्ट पारेका छन् । ‘यो मेरो शारीरिक अवस्थामा भरपर्नेछ । मैले ६-७ महिनामा निर्णय लिनेछु । यो मेरो तर्फबाट उपहार जस्तै हुनेछ । मेरो लागि सजिलो छैन । तर त्यो उपहार हो । दर्शकहरुले देखाउने माया र स्नेह देखाउने तरिकाले मलाई लाग्छ उनीहरुको लागि केहि गर्न आवश्यक छ’, उनले भने ।

खेलपछि धोनी निकै भावुक बनेका थिए । जितको लागि अन्तिम बलमा चार रन चाहिँदा धोनी डग आउटमा आँखा चिम्लिएर बसेका थिए । ‘तिमी भावुक हुन्छौं किनभने यो मेरो करिअरको अन्तिम समय हो । पहिलो खेलमा यहाँनै म हिँड्दा सबैले मेरो नाम लिएका थिए । मेरो आखाँभरी आँशु थियो । म केहि समय त्यहिँ डग आउटमा उभिए । मैले महसुस गरेकी मैले यो आनन्द लिन चाहन्छु । चेन्नईमा पनि त्यस्तै भएको थियो’, उनले भने ।

४२ वर्षीय धोनीले २०२० मा भारतीय क्रिकेट टोलीबाट सन्न्यासको घोषणा गरेका थिए । त्यसपछि उनले लगातार आइपिएल खेल्दै आएका छन् । २०२० र २०२२ मा चेन्नई इतिहासमा पहिलो पटक लिगबाट बाहिरिनु परेको थियो ।

धोनीले आइपिएल सुरुवात २००८ देखिनै चेन्नईको कप्तानी गर्दै आएका छन् । चेन्नईले यसअघि २०१०, २०११, २०१८ र २०२१ मा उपाधि जितेको थियो । चेन्नईले २०१० को फाइनलमा मुम्बई इन्डियन्सलाई २२ रनले हराउँदै पहिलो पटक उपाधि जितेको थियो । २०११ को फाइनलमा चेन्नईले रोयल च्यालेन्जर्स बेंगलोरलाई फाइनलमा ५८ रनले हराउँदै उपाधि जितेको थियो ।

२०१८ को फाइनलमा चेन्नईले सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो । २०२१ को फाइनलमा चेन्नईले कोलकातालाई २७ रनले हराउँदै उपाधि जितेको थियो । चेन्नईले आइपिएलमा १० फाइनल खेलेको छ ।

पाँच संस्करणको फाइनलमा भने चेन्नई उप-विजेता बनेको थियो । चेन्नई २००८, २०१२, २०१३, २०१५, २०१९ मा चेन्नई उपविजेता बनेको थियो ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.