default_image

1 year ago

May 31, 2023

चेन्नई च्याम्पियन बन्नुका पाँच कारण

109 views

0 Bookmark

एजेन्सी – चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को फाइनलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा पाँच विकेटले हराउँदै उपाधि जित्यो ।

चेन्नईले लिगमा १४ खेलमा ८ मा जित र ५ मा हारसहित १७ अंकका साथ दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेको थियो । चेन्नईले गुजरातसँग अहमदाबादमा खेल्दै प्रतियोगिता सुरुवात गरेको थियो । अन्त्य पनि अहमदाबादमै गर्यो । सुरुवात हारबाट गर्दा अन्त्य उपाधि जित्दै गर्यो ।

योसँगै चेन्नईले आइपिएलमा मुम्बईसँग सर्वाधिक पाँच उपाधि जित्ने कीर्तिमान कायम गरेको छ । चेन्नईले प्रतियोगिताभर नै सानदार प्रदर्शन गर्यो । गतवर्ष नवौं स्थानमा रहेर बाहिरिएको चेन्नईले यस पटक भने साविक विजेता गुजरातलाई उसकै मैदानमा हराउँदै उपाधि जित्यो । चेन्नईले उपाधि जित्नुको प्रमुख पाँच कारण यस प्रकार छन् ।

५. कन्वे र गायकवाडको उच्च लय

चेन्नईलाई उपाधि जिताउन ओपनर डेभन कन्वे र ऋतुराज गायकवाडको लय निकै महत्वपूर्ण रह्यो । यी दुई खेलाडीको उच्च प्रदर्शनमा चेन्नईले उपाधि जितेको थियो । फाइनलमा कन्वे २५ बलमा ४ चौका र २ छक्कासहित ४७ रन जोड्दै प्लेयर अफ द म्याच चुनिए । ऋतुराज गायकवाडले १६ बलमा ३ चौका र १ छक्कासहित २६ रन जोडेका थिए ।

जितको लागि १ सय ७१ रन १५ ओभरमा पूरा गर्नुपर्ने थियो । चेन्नईले यी दुई ओपनरले ६.३ ओभरमा ७४ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । कन्वेले यस प्रतियोगितामा १६ खेलमा ६ अर्धशतकका साथ ६ सय ७२ रनका साथ तेस्रो स्थानमा रहे । गायकवाडले १६ खेलमा ५ सय ९० रन बनाए ।

कन्वेले आफ्नो उच्च लय र अनुभवको भरपूर्ण फाइदा उठाए । गायकवाडले आफ्नो प्रभावलाई यस सिजनमा पनि निरन्तरता दिए । युवा र अनुभवी यी दुई ओपनरको जोडी जमेपछि चेन्नईले ब्याटिङमा राम्रो प्रदर्शन गरेको थियो ।

सुरुवात राम्रो पाएपछि अजिंक्या रहाणे र शिवम दुबे जस्ता खेलाडीलाई आफ्नो शैलीको खेल खेल्न सहज भएको थियो । कुनैपनि टोलीको नतिजा सुरुवातले धेरै फरक पार्दछ ।

४.खेलाडीमाथिको विश्वास

चेन्नई सफल हुनुको मुख्य कारण खेलाडीमाथि देखाउने विश्वास हो । चेन्नईले कुनैपनि खेलाडीलाई मौका सहजै दिँदैन । मौका दिएपछि टोली बाहिर त्यतिकै राख्दैन । खराब प्रदर्शनमा पनि त्यतिनै माया र विश्वास देखाउँछ । खेलाडीलाई देखाउने विश्वासले प्रदर्शन झनै मजबुत हुन्छ । खेलाडी पनि विना दबाब राम्रो प्रदर्शन गर्दछन् ।

चेन्नईमा खेल्ने खेलाडीलाई खराब प्रदर्शन गर्दा बाहिर बस्नुपर्छ की भन्ने डर भने हुँदैन । चेन्नईले पछिल्ला सात खेलमा खेलाडी परिवर्तन गरेको थिएन । त्यसअघि पनि दीपक चाहर फिट भएपछि आकाश सिंहलाई बाहिर राखेको थियो ।

खराब प्रदर्शन भन्दा पनि कुनै खेलाडी घाइते भएमा मात्रै चेन्नईले खेलाडी परिवर्तन गरेको देख्न सकिन्छ । शिवम दुबे, अजिंक्या रहाणे र मथिसा पाथिरानाले उच्च प्रदर्शन गर्नुको मुख्य कारण उनीहरुमाथि देखाएको विश्वास हो । उपाधि जित्न दुबे, रहाणे र पाथिराना तीनै खेलाडीको योगदान निकै महत्वपूर्ण रह्यो ।

चेन्नईले तुषार देशपान्डे र मोईन अलीको भूमिकामा अन्यलाई मौका दिनसक्थ्यो । तर उनीहरुलाई नै निरन्तरता मौका दियो । लिगका केहि खेलमा चेन्नईले जित निकाल्दा तुषारले उच्च प्रदर्शन गरेका थिए । चेन्नईको मुख्य विशेषता नै खेलाडीमाथिको विश्वास हो । क्रिकेटमा जित निकाल्न खेलाडीको आत्माविश्वास निकै महत्वपूर्ण हुन्छ। अन्य टोलीमा भने त्यो कमी देखिन्छ ।

३. अनुभवी खेलाडीको बाहुल्यता

चेन्नई सफल हुनुको अर्को कारण अनुभवी खेलाडीमा लगानी गर्नु । चेन्नई अक्सनमा सधैं अनुभवी खेलाडीलाई बढी प्राथमिकतामा राख्छ । अनुभवी खेलाडी अजिंक्या रहाणले चेन्नईको त्यो विश्वासलाई घट्न दिएनन् । लगभग भारतीय क्रिकेट टोलीबाट आफ्नो करिअर सकी सकेको अवस्थामा रहाणेले चेन्नईबाट आइपिएलमा सानदार प्रदर्शनका साथ भारतीय टोलीमै पूनरागमन गरे ।

मध्यक्रममा चेन्नईले अनुभवी खेलाडीको रुपमा रहाणे र अम्बाती रायूडुलाई राखेको थियो । युवा खेलाडी दुबे थप खुलेर खेल्न पाए । ओपनर डेभन कन्वे पनि अनुभवी खेलाडी थिए । रविन्द्र जडेजा, महेन्द्रसिंह धोनी, मोईन अली, बेन स्टोक्स लगायतका अनुभवी खेलाडीले टोली सन्तुनमा ठूलो फाइदा गर्यो । चोटका कारण बेन स्टोक्स खेल्न पाएनन् ।

स्टोक्स नखेल्दा पनि त्यति धेरै असर परेन । किनभने चेन्नईको टोलीमा भरपर्दा खेलाडी थिए । दीपक चाहर अनुभवी बलर थिए । टिममा अनुभवी खेलाडी भरपर्दा हुँदा गायकवाड, दुबे, थिक्सेना र पाथिराना जस्ता युवा खेलाडी विना दबाब खेल्न पाएन ।
ठूला खेलहरु अर्थात दबाबमा अनुभव निकै आवश्यक पर्दछ ।

युवा खेलाडीमा क्षमता भएपनि त्यो दबाबमा खेल्ने बानी हुँदैन । अनुभव त्यस्तो कुरा हो जो अरुबाट सिक्न सकिँदैन । त्यसैले अपेक्षा अनुसार प्रदर्शन नहुन सक्छ । जडेजा अनुभवी खेलाडी हुँदा अन्तिम दुई बलमा १० रन चाहिँदा छक्का र चौका प्रहार गर्दै खेल जिताएका थिए । जडेजाको स्थानमा अन्य कुनै युवा खेलाडी भएको भए त्यो नतिजा नआउन पनि सक्थ्यो ।

२. दर्शकको अद्धभूत माया र साथ

क्रिकेटमा दर्शक र मैदानको सधैं महत्वपूर्ण योगदान रहन्छ । दर्शकलाई १२ औं खेलाडी भनिन्छ । चेन्नईलाई हरेक मैदानमा दर्शकले अद्धभूत माया, स्नेह र प्रेरणा दिए । आफ्नो घरेलु मैदान एमए चिदाम्बचम रंगशालामा मात्रै होईन चेन्नई जहाँ गएर खेल्यो त्यहाँ उसको घरेलु मैदान भन्दा कम थिएन ।

त्यसको मुख्य कारण महेन्द्रसिंह धोनीको अन्तिम आइपिएल हुनसक्ने चर्चा थियो । चेन्नई जहाँ खेल्यो त्यहाँ उसले आफ्नो घरेलु मैदानम जसरी नै दर्शकबाट साथ र माया पायो । जसको कारण चेन्नईका खेलाडीलाई थप राम्रो प्रदर्शन गर्न हौसला र प्रेरणा मिल्यो । त्यसैको कारण च्याम्पियन बन्यो ।

१. धोनीको कप्तानी

धोनी विश्व क्रिकेटकै एक उत्कृष्ट कप्तान हुन् । उनको कप्तानी सामु विपक्षी हरेक खेलाडी र टोलीलाई राम्रो खेल्न कठिन पर्दछ । धोनी खेलाडीको क्षमता मात्रै होईन आफ्नो कप्तानीमा पनि उत्कृष्ट बनाउन सक्ने खुबी राख्छन् । खेलाडी स्टार भएर मात्रै हुँदैन । खेल र परिस्थीति अनुसार प्रयोग गर्न सक्नुपर्छ । धोनी स्टार खेलाडी भन्दा पनि नतिजामा बढी विश्वास राख्छन् ।

यस सिजनमा अजिंक्या रहाणे र मथिसा पाथिराना त्यसका उत्कृष्ट उदाहरण हुन् । चेन्नईले उपाधि जित्दा यी दुई खेलाडीको प्रदर्शन निकै महत्वपूर्ण रह्यो । पाथिरानाले डेथ ओभरमा उत्कृष्ट बलिङ गरे । धोनीले देशपान्डेलाई पनि आफ्नो कप्तानीमा भरपूर्ण प्रयोग गरे । धोनी खेल र खेलाडी अनुसार रणनीति तयार पार्दछन् ।

त्यसैको कारण नै सफल हुँदै आएका छन् । उनको चतुर दिमागको अघि स्टार खेलाडी पनि असफल हुन्छन् । यस सिजनमा उच्च प्रदर्शन गरेका शुभमन गिल फाइनलमा धोनीको उत्कृष्ट स्टम्पिङ आउट भए । धोनीले खेलाडीको कमजोरी तुरुन्त पत्ता लगाउँदै बलरलाई त्यसै अनुसार निर्देशन दिने हुँदा सफल हुँदै आएका छन् ।

पहिलो क्वालिफायर खेलमा धोनीले पाथिारानालाई बलिङ गराउन चार मिनेट खेल नै रोकेका थिए । नियम अनुसार खेलाडी मैदान बाहिर गएर जति समय बिताउँछ मैदान छिरेपछि त्यतिनै समय बलिङ गर्न पाउँदैन । पाथिरानाले १६ औं ओभरमा बलिङ गर्न चार मिनेट पर्खनु पर्ने थियो ।

देशपान्डेलाई होईन धोनीले अम्पायरलाई उल्टै सल्लाह र सुझाब दिँदै चार मिनेट समय बिताउँदै पाथिरानालाई बलिङ गराएका थिए । उक्त ओभर देशपान्डेलाई दिँदा नतिजा अर्कै हुनसक्थ्यो । अन्य कप्तान भएको भए देशपान्डेलाई नै दिने थिए । तर धोनीले आफू उत्कृष्ट कप्तान किन त्यो राम्रो उदाहरण दिए । धोनीको उत्कृष्ट कप्तानी चेन्नईले उपाधि जित्नुको मुख्य कारण हो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.