default_image

3 years ago

June 3, 2023

एक खेल अगावै सिरिज जित्ने सोचमा नेपाल

210 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चौथो महिला टि२० आई खेलमा आज मलेसियासँग खेल्दैछ । खेल मलेसियाको बांगीमा बिहान ८ : ४५ मा सुरु हुनेछ । पाँच खेलको सिरिजमा नेपाल २-१ ले अघि छ । पहिलो खेल गुमाएपनि त्यसपछि लगातार दुई जितका साथ नेपालले पूनरागमन गरेको थियो ।

नेपाल आजको खेलमा जितका साथ एक खेल अगावै सिरिज जित्न चाहन्छ । नेपालको दुबै जितमा कप्तान रुविना क्षेत्री बेलबासे प्लेयर अफ द म्याच चुनिएकी थिइन् । रुविनाले दोस्रो खेलमा २९ र तेस्रो खेलमा २७ रन जोडेकी थिइन् । उनको प्रदर्शन आज पनि महत्वपूर्ण हुनेछ । आक्रामक ब्याटिङ गर्दै आएकी उनीबाट नेपाल कप्तानी इनिङ चाहन्छ । उता सीता रानामगरको प्रदर्शन पनि निकै महत्वपूर्ण हुनेछ ।

नेपालले सीता, ज्योति पाण्डे, काजोल श्रेष्ठ र विन्दु रावल गरि चार प्रमुख ओपनर मैदान उतार्दै आएको छ । ओपनिङ सीता र कविता कँवरले गर्दै आएका छन् । विन्दु र काजोल मध्य एकलाई बेन्चमा राख्दै अप्सरी बेगमलाई मौका दिनसक्छ । पछिल्लो खेलमा ज्योति पाण्डेले २४ बलमा ३ चौकासहित २३ रन जोडेको हुँदा निरन्तरता दिनेछ ।

नेपालको तीव्र गतिको बलरमा अश्मिना कर्माचार्य र कविता कुँवर छन् । यी दुई बलर प्रमुख हतियार हुन् । स्पिनरमा सीता र रुविना हुनेछन् । मध्य गतिको बलरमा इन्दु बर्मा हुनेछिन् । इन्दु बर्मालाई ब्याटिङमा पनि राम्रो प्रदर्शनको दबाब हुनेछ ।

पछिल्लो खेलमा नेपालविरुद्ध ४४ रन जोडेकी महिराह इजाती इस्माली घातक बन्न सक्छिन् । कप्तान मास एलिसा र विनीफ्रेन्ड मलेसियाका प्रमुख ब्याटर हुन् । तीव्र गतिकी बलर निक नुरले यस सिरिजमा राम्रो प्रदर्शन गर्दै आएकी छिन् । एश्या एलिसा पनि नेपाली ब्याटरलाई टाउको दुखाई बन्नसक्छिन् ।

नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । नेपाल दोस्रो खेलमा ७ विकेट र तेस्रो खेलमा २७ रनले विजयी भएको थियो । अन्तिम खेल आइतबार हुनेछ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.