default_image

3 years ago

June 3, 2023

इंग्ल्यान्ड चार बलमै विजयी

210 views

0 Bookmark

एजेन्सी – युवा ब्याटर ओली पोपको सानदार दोहोरो शतक र जोश टंगको पाँच विकेटको सहयोगमा एकमात्रै टेस्ट खेलमा इंग्ल्यान्डले छिमेकी टोली आयरल्यान्डलाई १० विकेटले पराजित गरेको छ । जितको लागि ११ रनको विजयी लक्ष्य इंग्ल्यान्डले ४ बलमै कुनैपनि विकेट नगुमाई पूरा गर्यो ।

इंग्ल्यान्डको जितमा ओपनर ज्याक क्रली ४ बलमा ३ चौकासहित १२ रनमा नट आउट रहे । त्यसअघि आयरल्यान्ड दोस्रो इनिङमा ३ सय ६२ रनमा अल आउट भयो । पहिलो इनिङमा इंग्ल्यान्डले ३ सय ५२ रनको विशाल अग्रता लिएको हुँदा समग्रमा ११ रनको लक्ष्य पाएको थियो ।

आयरल्यान्डका मार्क आदिरले ७६ बलमा १२ चौका र २ छक्कासहित सर्वाधिक ८८ रनको योगदान दिए । तीव्र गतिका बलर म्याथ्यु पट्सको बलमा जोनी बेयरस्टोबाट क्याच आउट भएपछि शतकको अवसर गुमाएका थिए । एन्डी म्याकबर्नी १ सय १५ बलमा १४ चौकासहित ८६ रनमा नटआउट रहे ।

आठौं विकेटका लागि म्याकबर्नी र मार्क आदिरले १ सय ६३ रनको सानदार शतकीय साझेदारीका साथ इनिङ अन्तरको हारबाट बचाएका थिए । ह्यारी टेक्टर ५१, लोर्कान टकर ४४ र पल स्टर्लिङ १५ रनमा आउट भए ।

इंग्ल्यान्डका डेब्यू खेल खेलेका तीव्र गतिका बलर जोश टंगले सर्वाधिक पाँच विकेट लिए । जो रुट, म्याथ्यु पट्स, ज्याक लेच र ब्रोडले समान एक विकेट लिए ।

इंग्ल्यान्डले पहिलो इनिङमा ५२४/४ को अवस्थामा समाप्ति घोषणा गरेको थियो । इंग्ल्यान्डका युवा ब्याटर ओली पोपले २ सय ८ बलमा २२ चौका र ३ छक्का सहित २ सय ५ रनको सानदार दोहोरो शतकीय इनिङ खेलेका थिए । उनीनै खेलको प्लेयर अफ द म्याच चुनिए ।

इंग्ल्यान्डका अर्का ओपनर बेन डकेट १ सय ७८ बलमा २४ चौका र १ छक्कासहित १ सय ८२ रनमा आउट भए । उनी ग्राहम हुमेको बलमा बोल्ड भएका थिए । ओपनर ज्याक क्रली ४५ बलमा ११ चौकासहित ५६ रनमा आउट भएका थिए ।

पहिलो विकेटका लागि डकेट र क्रलीले १ सय ९ रनको शतकीय साझेदारी गरेका थिए । दोस्रो विकेटका लागि डकेट र ओली पोपले २ सय ५६ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए । जो रुट ५९ बलमा ४ चौका र १ छक्कासहित ५६ रनमा आउट भए । आयरल्यान्डका एन्डी म्याकबर्नीले सर्वाधिक दुई विकेट लिएका थिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड पहिलो दिनमै १ सय ७२ रनमा अल आउट भएको थियो । आयरल्यान्डका जेम्स म्याकुलम ३६ र कर्टिस क्याम्फर ३३ रनमा आउट भएका थिए । इंग्ल्यान्डका स्टुअर्ट ब्रोडले सर्वाधिक ५ विकेट लिएका थिए । ज्याक लेचले ३ र म्याथ्यु पट्सले दुई विकेट लिए ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.