default_image

3 years ago

June 10, 2023

कप्तान रोहित आउटसँगै संकटमा नेपाल

161 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) ( कप्तान रोहित पौडेल आउट भएसँगै नेपाल दोस्रो एकदिवसीय अभ्यास खेलमा नेदरल्यान्ड्सविरुद्ध संकटमा पुगेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १९ ओभरमा ६ विकेट गुमाउँदै ८४ रन बनाएको छ । नेपालका गुलशन झा १० बलमा ३ चौकासहित १३ र आरिफ शेख ६ रनमा क्रिजमा छन् ।

फाइल तस्विर

नेपालका कप्तान रोहित पौडेल ४१ बलमा ४ चौका र १ छक्कासहित ३० रनमा क्याच आउट भए । रोहित स्पिनर शरिज अहमदको १८ औं ओभरको पहिलो बलमा फस्ट स्लिपमा क्याच आउट हुन पुगेका थिए ।

नेपालले पहिलो ओभरको पाँचौं बलमा ओपनर आसिफ शेखलाई चार रनमा गुमाएको थियो । तीव्र गतिका बलर लोगन भान बीकको बलमा आसिफ विकेटकिपर क्रोशबाट क्याच आउट हुन पुगे ।

नेपालले दोस्रो विकेट अर्जुन साउदलाई तेस्रो ओभरमा गुमाएको थियो । बीककै बलमा अर्जुन साउद चार रनमा क्याच आउट भएका थिए । कुशल भुर्तेल रायन क्लेनको चौथो ओभरको चौथो बलमा ९ रनमा एलबीडब्लू आउट भए ।

बीकले सातौं ओभरको दोस्रो बलमा दीपेन्द्रलाई बोल्ड आउट गरे । दीपेन्द्रले १२ बलमा एक चौकासहित ६ रन बनाए । दीपेन्द्र आउट हुँदा नेपाल ६.३ ओभरमा २८–४ को दयनीय अवस्थामा पुगेको थियो ।

भीम र रोहितले पाँचौं विकेटका लागि ३० रनको साझेदारी गरेका थिए । भीम दुर्भाग्य रुपमा १० रनमा रन आउट हुँदै पेभेलिएन फर्किनु पर्यो । रोहितले हानेको बल नन स्ट्राइकमा नेदरल्यान्ड्सका बलरलाई हातमा लाग्दै स्टम्पमा लागेपछि केहि अघि बढेका भीम रन आउटको किशार हुन पुगेका थिए ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.