default_image

3 years ago

June 13, 2023

नेपाल पाकिस्तानसँग झिनो अन्तरले पराजित

228 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी महिला इमर्जिङ्ग टिम्स एसिया कपमा नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग झिनो अन्तरले पराजित भएको छ । ब्याटरहरुले राम्रो सुरुवात गरेपनि त्यसलाई ठूलो स्कोरमा परिणत गर्न नसक्दा नेपाल ९ रनले पराजित हुन पुग्यो ।

जितका लागि ८८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७८ रनमा सिमित भयो । ओपनर कविता कुँवरले २० रन जोड्नुबाहेक अन्य खेलाडीले ठूलो स्कोर बनाउन नसक्दा नेपाल ऐतिहासिक जित हासिल गर्नबाट बन्चित भयो । नेपालले मध्य ओभरमा लगातार विकेट गुमाएपछि खेलमा निकै दबाब खेप्नुपरेको थियो ।

नेपालले संयम सुरुवात गरेपनि सातौं ओभरमा ओपनर सीता रानामगरको साथ गुमाएको थियो । ६ रन जोड्दै सीता आउट हुँदा नेपाल १६-१ को स्थितिमा थियो । त्यसपछि विन्दु रावल ३ रन जोड्दै दशौं ओभरको पहिलो बलमा एलबीडब्लू धरापमा परिन् ।

१३ औं ओभरको चौथो बलमा इन्दु ४ रन जोड्दै साएदा अरुबा शाहको बलमा बोल्ड भइन् । १५ औं ओभरमा सम्झना खड्का ७ रन जोड्दै आउट भएपछि नेपालको जितको सम्भावना पातलिएको थियो । लगत्तै अर्को ओभरमा कप्तान रुविना क्षेत्री आउट भएपछि नेपाल ५३-६ को स्थितिमा पुग्यो । रुविनाले ६ रन जोडिन् ।

मध्यक्रमका ब्याटर कविता जोशी १ चौकासहित १५ रनमा नटआउट रहिन् । ज्योति पाण्डेले नटआउट ९ रन जोडेपनि नेपाल जितसम्म पुग्न सकेन । अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा नेपालले मात्र ७ रन जोडेको थियो ।

त्यसअघि हङकङमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान १९.२ ओभरमा ८७ रनमा अल आउट भयो । नेपाललाई ओपनर कविता कुँवरले पहिलो सफलता दिलाएकी थिइन् । लगातार योर्करका साथ उनले दबाबमा राखेकी थिईन् ।

ओपनर इयामा फतिमा कविता कुँवरको बलमा इन्दु बर्माबाट शुन्यमा क्याच आउट भएकी थिईन् । स्पिनर कविता जोशीले छौटौं ओभरको तेस्रो बलमा सदाफ शमासलाई १२ रनमा बोल्ड आउट गरिन् । एक बलपछी नतालिया प्रबेज ठुलो सट खेल्ने धुनमा विकेटकिपर ज्योति पान्डेबाट क्याच आउट भइन्।

गुल फेरोजा १८ बलमा २ चौकासहित १२ रनमा आउट भैइन्। उनी सीता राना मगरको बलमा क्याच आउट हुन पुगेकी थिइन् । नेपालले सानदार बलिङ गरेपछि एक समय पाकिस्तान ६५-७ को दयनीय अवस्थामा पुगेको थियो ।

तुबा हसन र फातिमा सानाले आठौं विकेटका लागी २७ रनको साझेदारी गरेका थिए । तुबा हसन १४ बलमा १ छक्कासहित ९ रनमा इन्दुको बलमा कट एन्ड बोल्ड आउट भईन् । इन्दु बर्माले ३ ओभरमा १ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिइन् ।

नेपालकी सीता रानामगरले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन् । त्यस्तै कविता जोशीले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन् । कविता कुँवरले ३.२ ओभरमा १२ रन खर्चेर २ विकेट लिईन् ।

नेपालले अब विहीबार समूहको दोस्रो खेलमा भारत ए को सामना गर्नेछ । त्यसपछि समूहको अन्तिम खेल शनिबार आयोजक हङकङसँग हुनेछ । प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । पहिलो दिनको खेलमा श्रीलंकाले यूएईमाथि र बंगलादेशले मलेसियामाथि जित दर्ता गरे ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.