default_image

2 years ago

June 18, 2023

नेपालको सानदार ब्याटिङ, कुशल र आसिफको शतकीय साझेदारी

308 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई सानदार सुरुवात दिलाउनेक्रममा आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेविरुद्ध शतकीय साझेदारी गरेका छन् । हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २४ ओभरमा कुनै विकेट नगुमाई १ सय ११ रन बनाएका छन् ।

आसिफ शेख ७१ बलमा ३ चौकासहित ३९ रनमा क्रिजमा छन् । कुशल भुर्तेल ७३ बलमा ९ चौका र १ छक्कासहित ६५ रनमा नट आउट छन् । ब्यक्तिगत एक रनमा जीवनदान पाएका कुशलले त्यसपछि उत्कृष्ट ब्याटिङका साथ अर्धशतक बनाउँदै जिम्बावेलाई दबाबमा राखेका छन् । आसिफ शेख ५७ बलमा २ चौकासहित २९ रनमा क्रिजमा छन् ।

तर तीव्र गतिका बलर रिचर्डको चौथो ओभरको चौथो बलमा कुशल भुर्तेलले ब्यक्तिगत एक रनमा जीवनदान पाएका थिए । एज लागेको बल फस्ट स्लिपमा सिकन्दर राजाले सहज क्याच छाड्न पुगेका थिए । त्यो समय कुशल १२ बलमा १ रन बनाएर खेलेका थिए । त्यसपछि कुशलले आफ्नो रनको गती बढाएका थिए ।

नेपालले १४ औं बलमा रनको खाता खेलेको थियो । कुशल भुर्तेलले एक रन जोड्दै खाता खेलेका थिए । लगत्तै अर्को बलमा आसिफ शेखले चौकाका साथ आफ्नो ब्यक्तिगत खाता खेलेका थिए ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.