default_image

2 years ago

June 20, 2023

करणले भने – ‘सुरुवातमै विकेट लिएपछि योजना अनुसार भयो’

350 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका बलर करण केसी आइसीसी विश्वकप छनोट अन्तर्गत मंगलबार अमेरिकाविरुद्ध खेलमा प्लेयर अफ द म्याच बने । नेपालको जितमा उच्च प्रदर्शन गरेका करणले सुरुवातमा विकेट लिएपछि योजना अनुसार भएको बताए ।

करणले घातक बलिङ गर्दै सुरुवाती ४ विकेट लिएपछि एक समय अमेरिका १८-४ को अवस्थामा खुम्चिएको थियो । खेलपछि बोल्दै करणले टोलीको योजना अनुसार नै प्रदर्शन भएको जनाए । ‘हाम्रो योजना नै थियो । टस जितेर बलिङ रोजेपछि कन्डिसनको फाइदा उठाउनु थियो । सुरुवातमै विकेट लिएपछि योजना अनुसार नै खेल अघि बढ्यो,’ उनले भने ।

पहिलो खेलमा पराजित नेपालले अमेरिकालाई हराएपछि सुपर सिक्स पुग्ने सम्भावना बलियो भएको छ । करणले आजको जितले सुपर सिक्स पुग्न सहज हुने पनि स्वीकारे । ‘हाम्रो लागि आज जित निकाल्नु निकै महत्त्वपूर्ण थियो । अब हाम्रो नजर सुपर सिक्समा पुग्न सकिन्छ भन्नेमा छ । यसका लागि बाँकी दुई मध्य एक खेल जित्नुपर्ने छ । सुपर सिक्समा पुग्ने लक्ष्य हासिल गर्छौं भन्ने विश्वास छ,’ करणले भने ।

नेपालको जितमा भीम सार्कीले अर्धशतक प्रहार गर्दा दिपेन्द्र सिंह ऐरीले आक्रामक इनिङ खेले । उनले भीमको इनिङको प्रशंसा गरे । ‘भीम र दीपेन्द्रले निकै राम्रो ब्याटिङ गरे । भीम आफ्नो इनिङमा रमायो र हामी पनि बाहिर बसेर त्यसमा रमिरहेका थियौं । निकै राम्रो प्रदर्शन भयो,’ उनले टुंग्याए ।

यो पनि : रोहित भन्छन् – ‘अब वेस्ट इन्डिजलाई हराउन चाहन्छौं’

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.