default_image

2 years ago

June 20, 2023

करणले भने – ‘सुरुवातमै विकेट लिएपछि योजना अनुसार भयो’

348 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका बलर करण केसी आइसीसी विश्वकप छनोट अन्तर्गत मंगलबार अमेरिकाविरुद्ध खेलमा प्लेयर अफ द म्याच बने । नेपालको जितमा उच्च प्रदर्शन गरेका करणले सुरुवातमा विकेट लिएपछि योजना अनुसार भएको बताए ।

करणले घातक बलिङ गर्दै सुरुवाती ४ विकेट लिएपछि एक समय अमेरिका १८-४ को अवस्थामा खुम्चिएको थियो । खेलपछि बोल्दै करणले टोलीको योजना अनुसार नै प्रदर्शन भएको जनाए । ‘हाम्रो योजना नै थियो । टस जितेर बलिङ रोजेपछि कन्डिसनको फाइदा उठाउनु थियो । सुरुवातमै विकेट लिएपछि योजना अनुसार नै खेल अघि बढ्यो,’ उनले भने ।

पहिलो खेलमा पराजित नेपालले अमेरिकालाई हराएपछि सुपर सिक्स पुग्ने सम्भावना बलियो भएको छ । करणले आजको जितले सुपर सिक्स पुग्न सहज हुने पनि स्वीकारे । ‘हाम्रो लागि आज जित निकाल्नु निकै महत्त्वपूर्ण थियो । अब हाम्रो नजर सुपर सिक्समा पुग्न सकिन्छ भन्नेमा छ । यसका लागि बाँकी दुई मध्य एक खेल जित्नुपर्ने छ । सुपर सिक्समा पुग्ने लक्ष्य हासिल गर्छौं भन्ने विश्वास छ,’ करणले भने ।

नेपालको जितमा भीम सार्कीले अर्धशतक प्रहार गर्दा दिपेन्द्र सिंह ऐरीले आक्रामक इनिङ खेले । उनले भीमको इनिङको प्रशंसा गरे । ‘भीम र दीपेन्द्रले निकै राम्रो ब्याटिङ गरे । भीम आफ्नो इनिङमा रमायो र हामी पनि बाहिर बसेर त्यसमा रमिरहेका थियौं । निकै राम्रो प्रदर्शन भयो,’ उनले टुंग्याए ।

यो पनि : रोहित भन्छन् – ‘अब वेस्ट इन्डिजलाई हराउन चाहन्छौं’

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.