2 years ago
June 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसी आइसिसी एकदिवसीय विश्वकप छनोटमा अमेरिकाविरुद्ध खेलको प्लेयर अफ द म्याच चुनिएका छन् । अमेरिकालाई ६ विकेटले हराउन सानदार बलिङ गरेका करणले खेलको उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् ।

करणले ९ ओभरमा ३ मेडनसहित ३३ रन खर्चेर ४ विकेट लिएका थिए । अमेरिकाका शीर्षक्रमका चार विकेट पावर प्लेमै लिएपछि अमेरिका ९.२ ओभरमा १८-४ को दयनीय अवस्थामा पुगेको थियो ।
करणले ओपनर तथा प्रमुख ब्याटर स्टिभ टेलरलाई ४, साइतेजा मुकामल्लालाई डक, आरोन जोन्सलाई दुई र नोष्तुश केन्जिगेलाई १ रनमा आउट गरेका थिए । करणले सुरुवातमा ७ ओभरमा ३ मेडनसहित ११ रन खर्चेर ३ विकेट लिएका थिए ।
त्यसअघि जिम्बावेका ताकशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका ४९ ओभरमा २ सय ७ रनमा अल आउट भएको थियो । अमेरिकाका सातौं नम्बरका विकेटकिपर शायन जाहांगिरले ७९ बलमा १० चौका र ३ छक्कासहित १ सय रनको सानदार शतकीय इनिङ खेलेपनि जितको लागि पर्याप्त हुन सकेन ।
जितको लागि २ सय ८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा भीम सार्की १ सय १४ बलमा ७ चौका र १ छक्कासहित ७७ रनमा नट आउट रहे । नेपालले आफ्नो तेस्रो खेल बिहीबार वेस्टइन्डिज र अन्तिम खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]