2 years ago
June 30, 2023
एजेन्सी – नेदरल्यान्ड्सले आइसिसी विश्वकप छनोटको सुपर सिक्स खेलमा श्रीलंकाविरुद्ध ड्रिम सुरुवात गरेकोछ । क्विन्स स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ रोेजेको श्रीलंकाले ७ ओभरमा ३ विकेट गुमाउँदै ३४ रन बनायो । श्रीलंकाका दिमुथ करुणारत्ने १६ बलमा २ चौकासहित १८ रनमा क्रिजमा छन् ।

समूह चरणमा वेस्टइन्डिजलाई हराउन नायक बनेका लोगन भान बिकले नेदरल्यान्ड्सलाई ड्रिम सुरुवात दिलाएपछि श्रीलंका संकटमा पुगेको छ । बिकले पहिलो ओभरको पहिलो बलमै पाथुम निसांकालाई सकिबबाट क्याच गराए । रायन केलिनले चौथो ओभरको पाँचौं बलमा १० रनमा एलबीडब्लू आउट गरे ।
लोगन भान बीकको बलमा सदिरा समाराविक्रमा एक रनमा कप्तान स्कट एडवार्ड्सबाट क्याच आउट भएपछि श्रीलंका ४.५ ओभरमा २७-३ को अवस्थामा पुगेको थियो । बिकले चारिथ असांकालाई तेजा निडामानिरुबाट २ रनमा क्याच गराएपछि ३४(४ को अवस्थामा पुगेको हो ।
समूह चरणमा नेदरल्यान्ड्सले वेस्टइन्डिजलाई सुपर ओभरमा हराएको थियो । सुपर ओभरमा लोगन भान बीकले जेसन होल्डरलाई समान तीन चौका र छक्कासहित ३० रन जोड्नुको साथै दुई विकेट लिएका थिए ।
३ सय ७५ रनको लक्ष्य पछ्याउनेक्रममा ३ सय ७४ रनमा पुर्याउँदै बराबर गराउन उनले १४ बलमा ३ चौका र १ छक्कासहित महत्वपूर्ण २८ रन जोडेका थिए । श्रीलंकाले आज टोलीमा एक परिवर्तन गरेको छ । कसुन रजिथाको बलमा दिलशान मदुशानकालाई मौका दिएको छ ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]