2 years ago
July 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एक उदाहरणीय जिल्ला रुपन्देही क्रिकेट जिल्ला संघले आफ्ना ९ खेलाडीलाई मासिक ५ हजारको दरले तलब दिने भएको छ । रुपन्देहीले खेलाडी कल्याणकारी कोष सार्वजनिक गर्द ९ खेलाडीलाई मासिक तलब दिने निर्णय गरेको जनाएको छ ।

उक्त तलबबाट पाउने खेलाडीमा रुपन्देहीका कप्तानी कृष्ण कार्की, यू-१९ नेपाली टोलीका देव खनाल, स्पिनर अनिल खरेल, युवा तीव्र गतिका बलर दुर्गेश गुप्ता, यू१६ टोलीका सन्तोष यादव, सागर गैरे, नेपाली महिला क्रिकेट टोलीकी सदस्य कृतिका मरासिनी, आश्मा पुलामी मगर र सुस्मिता भुषाल छन् ।
खेलाडीलाई मासिक तलब दिने रुपन्देही नेपालको पहिलो जिल्ला क्रिकेट संघ हो । रुपन्देही जिल्ला क्रिकेट संघका सचिव सन्जय गुरुङले सियारी गाउँपालिका वडा नम्बर एकका अध्यक्षले अरुण शाही र वडा नम्बर दुईका जनार्दन यादवले आफ्नोतर्फबाट पैसा दिने बताउनु भयो । हामीले मासिक रुपमा चार वर्षसम्म करिब ३०/३५ हजार पाउने भयौं । हामीले त्यसरी दिनु भन्दा पनि रुपन्देही संघले नै कल्याण कोष बनाएपछि तपाईहरु जस्ता अरुबाट पनि आर्थिक सहयोग लिएर धेरै खेलाडीलाई पैसा दिन सक्छौं भनेर त्यहिँबाट सुरु भएको हो’, गुरुङले भने ।
गुरुङले उक्त कोषबाट घाइते र विपन्न भएका खेलाडीलाई पनि सहयोग गर्ने बताएका छन् । ‘यो कोषले पछि ठूलो आकार लिनेछ । हामीले प्रयास मात्रै गरेका हौं । वास्तवमा यो कोष खडा गर्न रुपन्देही बासीको ठूलो हात छ’, उनले भने ।

‘रुपन्देही क्रिकेटको उर्भर भूमी हो । घरेलु प्रतियोगिता सर्वाधिक धेरै हुन्छन् । सिद्धार्थ रंगशालामा हामीले २०८२ सम्म ओडिआई नै प्रतियोगिता आयोजना गर्ने लक्ष्य लिएका छौं । यो हाम्रो कार्यबाट पछि अन्य जिल्लाहरु पनि प्रभावित हुनेछन् । अरु जिल्लाहरुले पनि यसरी प्रयास गरे नेपाली क्रिकेटमा नै ठूलो टेवा पुग्नेछ’, गुरुङले बताए ।
‘आज १५ वर्षको खेलाडीले जिल्ला संघबाट मासिक ५ हजार पाउँछ भने पक्कैपनि कुनैपनि घरले क्रिकेटबाट उक्त खेलाडीलाई छुटाउँदैनन् । त्यसैले हामीले दुई जना सिनियर, दुई जना यू१९, दुई जना यू१६ र तीन जना महिला खेलाडीलाई यो महिनाबाट मासिक पाँच हजारको दरले दिने छौं’, उनले भने ।
प्रदेशमा तयार भएका खेलाडी आर्थिक समस्याको कारण विभागमा जार्ने गर्दछन् । त्यसैको कारण अधिकाम्स प्रदेशको प्रदर्शन राष्ट्रिय प्रतियोगितामा कमजोर रहने गर्दछ । रुपन्देहीको यसकार्यले खेलाडीलाई आफ्नै प्रदेशमा राख्न धेरै राहत मिल्नेछ ।
रुपन्देही घरेलु क्रिकेटमा सवैभन्दा ब्यस्त र उदाहरणीय जिल्ला जिल्ला हो । ग्रास रुट क्रिकेट विकाशको लागि महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

रुपन्देही बलियो हुनु र खेलाडी उत्पादन हुनुमा रुपन्देही सुपर लिग प्रमुख आधार हो । २०५३ सालदेखि रुपन्देही सुपर लिग हुँदै आएको छ । क्यान निलम्बन हुँदा पनि रुपन्देहीले सुपर लिग रोकिएको थिएन । अहिले रुपन्देही सुपर लिगमा ए डिभिजन र बी डिभिजन गरि कुल २० क्लब छन् । राम्रो प्रदर्शन गर्ने शीर्ष चार टोली ए डिभिजनमा बढुवा र कमजोर प्रदर्शन टोली बी डिभिजनमा घटुवा हुन्छन् । रुपन्देही सुपर लिग घरेलु क्रिकेटकै उदाहरणीय प्रतियोगितामा पर्दछ ।
रुपन्देहीका खेलाडी सुपर लिग खेल्ने सपना राख्ने गर्दछन् । लगातार घरेलु प्रतियोगिताकै कारण लगातार नयाँ खेलाडी उत्पादन भएका छन् । तर नेपालका अन्य जिल्लामा सामान्य प्रतियोगिता पनि विरलै हुन्छ । रुपन्देही नेपालका अन्य जिल्लाको लागि सबैभन्दा राम्रो उदाहरण र प्रेरणा बन्नसक्छ ।


November 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङकङ सिक्सेसको आफ्नो पहिलो खेलमा खेलमा पराजित भएको छ। नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ। जितका लागि १ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । ओपनर सन्दीप जोराले अर्धशतक बनाएपनि नेपालले जित निकाल्न सकेन । १४ बलमा ८ छक्का र […]


November 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङक सिक्सेसमा अफगानिस्तानबाट १ सय १३ रनको लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै १ सय १२ रन बनाएको छ। नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए। अर्को विकेट लोकेश बमले लिए।


November 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले कलाकार निखिल उप्रतीलाई नेपाल प्रिमियर लिग (एनपिएल ) सिजन २ का लागि आफ्नो ‘गुडविल एम्बासडर’ बनाएको छ । यो साझेदारीले खेल, कला र प्रेरणाको शक्तिलाई एकै ठाउँमा जोड्दै जनकपुर बोल्ट्सको ब्रान्ड र पहिचानलाई अझ सशक्त बनाउने विश्वास टोलीले व्यक्त गरेको छ । चन्द्रागिरीबाट प्याराग्लाइडिङ स्टन्ट गराउदै जनकपुर बोल्ट्सले […]