2 years ago
July 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी यू१६ इस्ट जोन कपको सेमिफाइनल खेलमा सिंगापुरविरुद्ध कसिलो बलिङ प्रदर्शन गरेको छ । जितको लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुरले १७ ओभरमा ४ विकेट गुमाउँदै ५३ रन बनाएको छ ।

नेपालका तीव्र गतिका बलर अभिषेक तिवारीको पहिलो ओभरको अन्तिम बलमा प्रमुख ब्याटर श्रेयान चयौं २ रनमा क्याच आउट भएका थिए । उनी सर्ट बलमा टप एज लागेर दिपु कुमारबाट समातिन पुगेका थिए । त्यसअघि भने अभिषेक लगातार वाइडका साथ दबाबमा परेको थिए ।
दोस्रो विकेटका लागि रोशन रविचन्द्रन र राहिल थकरले ३३ रनको साझेदारी गरेका थिए । रोशन ३७ बलमा ३ चौका र १ छक्कासहित २४ रनमा आउट भए । रोशन आउट भएपछि भने सिंगापुरले पुन संघर्ष गरेको थियो । राहिल पनि ३१ बल खेल्दै ७ रनमा आउट भए । एसलान जाफ्री ३ रनमा अशोक धामीको बलमा बोल्ड आउट भए ।
त्यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो । नेपालका ओपनर निरज यादव ४२ र सुर्यांशु कोइरालाले ४३ रन बनाए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]