2 years ago
July 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी यू-१६ इस्ट जोन कपको फाइनलमा मलेसियालाई २ सय २१ रनको फराकिलो अन्तरले हराउँदै उपाधिमा ह्याट्रिक गरेको छ । नेपालले घरेलु टोली मलेसियालाई मात्रै ३१ रनमा अल आउट गर्दै च्याम्पियन बनेको हो ।

यसअघि नेपालले थाईल्यान्डमा सम्पन्न दुई एसिसी यू-१६ इस्टर्न रिजनको उपाधि जितेको थियो । नेपालले २०१७ मा रित गौतम र २०१९ मा विशाल विक्रम केसीको कप्तानीमा यू१६ को उपाधि जितेको थियो । २०१९ को फाइनलमा नेपालले मलेसियालाई ५९ रनले हराउँदै उपाधि जितेको थियो ।
२०१७ को फाइनलमा नेपालले सिंगापुरलाई ७१ रनले हराउँदै उपाधि जितेको थियो । एसिसीले यसअघि यू१६ को प्रतियोगिता इस्टर्न रिजनको नामबाट आयोजना गर्दै आएको थियो । तर यस पटक भने उक्त नाम परिवर्तन गर्दै इस्ट जोन कप राखेको थियो ।
यस प्रतियोगिता २०१९ पछि पहिलो पटक भएको हो । २०२० को अन्तिमबाट संसारभरबाट कोरोना महामारी फैलिएपछि एसिसीले उमेर समूहको प्रतियोगिता आयोजना गर्न सकेको थिएन । कोरोना महामारी अन्त्य भएपछि उमेर समूह प्रतियोगिता आयोजना गरेको छ ।

उमेर समूहमा नेपालको लगातार दोस्रो उपाधि हो । यसअघि गत फागुनमा फाइनलमा नेपालको यू–१९ क्रिकेट टोलीले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले घरेलु टोली युएईलाई ७ रनले पराजित गर्दै उपाधि जितेको थियो ।
नेपालले उक्त उपाधिसँगै आगमी वर्ष श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउनेछ । ८ वर्षदेखीको यू१९ विश्वकप यात्रा समाप्त पारेको थियो ।
यू१६ इस्ट जोनको उपाधि जिताउन नेपालका शीर्षक्रमका ब्याटर नरेन भट्टले १ सय १२ रनको अविजित शतकीय इनिङ खेले । कप्तान तथा तीव्र गतिका बलर अभिषेक तिवारीले पाँच विकेट लिए ।
यो पनि पढ्नुहोस् : मलेसियालाई ३१ रनमा अल आउट गर्दै नेपाल च्याम्पियन
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]