2 years ago
July 27, 2023
एजेन्सी – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सर्वाधिक रन बनाएपनि मोन्टरिएल टाइगर्स ग्लोबल टि२० क्यानडामा ब्राम्पटन वल्भ्ससँग १५ रनले पराजित भएको छ । जितको लागि १ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको टाइगर्स १९.१ ओभरमा १ सय २८ रनमा अल आउट हुन पुग्यो ।
दीपेन्द्रसिंह ऐरीले २४ बलमा २ चौकासहित सर्वाधिक २८ रन बनाए । तरपनि टोलीको जितको लागि पर्याप्त हुन सकेन । दीपेन्द्र नेदरल्यान्ड्सका तीव्र गतिका बलर लोगन भान बीकको बलमा क्रिस ग्रिनबाट क्याच आउट भए ।
त्यस्तै बंगलादेशका अलराउन्डर सकिब अल हसनले २१ बलमा ४ चौका र १ छक्कासहित २८ र दीलप्रित सिंहले २४ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
ब्राम्पटनका लोगन भान बीकले ४ ओभरमा २० रन खर्चेर सर्वाधिक ३ विकेट लिए । कोलिन डि ग्रान्डहोम र शाहिद अहमाड्जाईले समान दुई विकेट लिए । टिम साउथी र क्रिस ग्रीनले एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ब्राम्पटन १९.५ ओभरमा १ सय ४३ रनमा अल आउट भयो । उसका लागि कोलिन डि ग्रान्डहोमले ४० बलमा ७ चौका र १ छक्कासहित ५६ रन बनाए । त्यस्तै ओपनर उस्मान खानले २१ बलमा ६ चौकासहित ३३ र मार्क च्यापम्यान २१ रनमा आउट भए ।
टाइगर्सका कार्लोस ब्रेथवेटले ३.५ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । आयन खानले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । दीपेन्द्रले २ ओभरमा २० रन खर्चिए ।
आठौं ओभरमा दीपेन्द्रले न्युजिल्यान्डका दुई खेलाडी मार्क च्यापम्यान र कोलिन डि ग्रान्डहोमलाई मात्रै चार दिएका थिए । तर १० औं ओभरमा दीपेन्द्रले १६ रन खर्चिन पुगेका थिए । दीपेन्द्रलाई पहिलो बलमा च्यापम्यान र तेस्रो बलमा ग्रान्डहोमले चौका हानेका थिए ।
चौथो बलमा ग्रान्डहोमले छक्का हानेपछि महँगो ओभर हुन पुगेको थियो । त्यसपछि उनले बलिङको अवसर पाएनन् । अव दीपेन्द्रको टोलीले शनिबार साँझ टोरोन्टो नेशनलसँग खेल्नेछ ।
July 9, 2025
एजेन्सी – दक्षिण अफ्रिकाले कप्तान वियान मुल्डरको कीर्तिमानी तेहेरो शतकमा घरेलु टोली जिम्बाब्वेविरुद्धको टेस्ट सिरिज जितेको छ । दोस्रो टेस्टमा मंगलवार इनिङ र २ सय ३६ रनले जित्दै सिरिज दक्षिण अफ्रिकाले सिरिज २-० ले आफ्नो पक्षमा पार्यो । दक्षिण अफ्रिकाले पहिलो इनिङमा ५ विकेट गुमाएर ६ सय २६ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो […]
July 9, 2025
एजेन्सी – कुशल मेन्डिसको शतक सहयोगमा श्रीलंकाले पाहुना टोली बंगलादेशविरुद्धको ओडिआई सिरिज जितेको छ । तेस्रो तथा निर्णायक ओडिआईमा ९९ रनको जित निकाल्दै श्रीलंकाले सिरिज २-१ ले आफ्नो पक्षमा पार्यो । पहिलो ओडिआई श्रीलंकाले ७७ रनले र दोस्रो बंगलादेशले १६ रनले जितेको थियो । २ सय ८६ रनको लक्ष्य पछ्याएको बंगलादेश ३९.४ ओभरमा १ सय […]
July 8, 2025
सुमन अधिकारी, बुटवल मलेसियाबाट एसिसी यु १६ स्टन जोन क्रिकेट कप जितेर फर्केको नेपाली युवा टोलीका सदस्य रौनक श्रीवास्तवलाई गृह जिल्ला कपिलवस्तुमा भव्य स्वागतसहित सम्मान गरिएको छ । रौनकलाई जिल्ला क्रिकेट संघ कपिलवस्तुको अगुवाईमा बाजागाजासहित तौलिहवा बजार परिक्रमा गराई स्वागत र सम्मान गरिएको थियो । र्यालीसहित बजार परिक्रमा पछि आयोजित कार्यक्रममा प्रदेश सभासद सुधाकर पाण्डेय, […]