default_image

2 years ago

November 8, 2023

नेपालले पहिलो खेल तान्जानियासँग खेल्ने

2247 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित महिला टि२० आई सिरिजमा पहिलो खेल तान्जानियासँग खेल्ने भएको छ । हङकङले आयोजना गरेको उक्त सिरिजमा नेपाल, जापान र तान्जानिया छन् । चार देशबीचको महिला टि२० आई सिरिज सिंगल राउन्ड रोविनको आधारमा हुनेछ ।

नेपालले पहिलो खेल नोभेम्बर १५ मा तान्जानियासँग खेल्नेछ । नेपालले दोस्रो खेल १६ नोभेम्बरमा घरेलु टोली हङकङसँग खेल्नेछ । नेपालले १८ नोभेम्बरमा जापानसँग खेल्नेछ । फाइनल र तेस्रो स्थानको लागि १९ नोभेम्बरमा खेल हुनेछ ।

नेपाली महिला टोलीले पहिलो पटक डब्लूटि२० आईमा जापान र तान्जानियासँग खेल्न लागेको हो । नेपालले आफ्नो क्रिकेट इतिहासमा तान्जानियासँग पहिलो पटक खेल्न लागेको हो ।

नेपालले उक्त सिरिजको लागि २२ सदस्य टोली बन्द प्रशिक्षणमा बोलाएको छ । एपेन्डिक्सको शल्यक्रियाको कारण प्रमुख बलर कविता कँुवर टोलीमा छैनिन् ।

बन्द प्रशिक्षणमा बोलाएको टोली :

रुविना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, संगिता राई, ज्योति पाण्डे, पुजा महतो, रोमा थापा, ईश्वरी विष्ट, सम्झना खड्का, रुवि पोदार, सबनम राई, अश्मिना कर्माचार्य, खुसी डंगोल, कृतिका मरासिनी, कन्चन श्रेष्ठ, सोनी पाख्रिन, सोमु विष्ट, अप्सरी बेगम, काजोल श्रेष्ठ, मनिषा चौधरी र कविता जोशी ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.