2 years ago
November 22, 2023
एजेन्सी – भारतले टि२० आईमा मात्रै पछिल्लो तीन वर्षमा ९ खेलाडीलाई कप्तान बनाएकोछ ।

बिहीबार देखि भारतले घरेलु मैदानमा अष्ट्रेलियासँग ५ टि२० आई सिरिजको सुरुवात गर्दैछ ।
सुर्यकुमार यादवले पहिलो पटक कप्तानी गर्नेछन् । २०२१ सुरुवातपछि उनी भारतीय टोलीमा टि२० आई मा कप्तानी गर्ने ९ औं खेलाडी बन्नेछन् ।
भारतले कोरोनाको समयमा श्रीलंका भ्रमणमा शिखर धवनलाई कप्तान बनाएको थियो ।
त्यसपछि टि२० आइमा लगातार कप्तानमा सबै खेलाडीलाई मौका दिएकोछ ।

२०२१ यता भारतीय टोलीमा विराट कोहलीले १०, शिखर धवन ३, रोहित शर्मा ३२, ॠषभ पन्तले ५, हार्दिक पान्ड्या १६, लोकेश राहुल १, जस्पित बुमराह २ र रितुराज गायकवाडले ३ टि२० आइमा कप्तानी गरेका छन् ।
२०२१ को टि२० विश्वकपमा खराब प्रदर्शनपछि भारतले विराट कोहलीलाई कप्तानबाट हटाएको थियो । त्यसपछि रोहितलाई कप्तान बनाएको थियो । रोहितको कप्तानीमा २०२२ को टि२० विश्वकप भारत सेमिफाइनलबाट बाहिरिएको थियो ।

भारतले रोहितलाई विश्राम दिदा अन्य खेलाडीलाई कप्तानमा हेर्दै आएकोछ । भारतले सम्भव त २०२४ को विश्वकप मा हार्दिकको कप्तानीमा खेल्ने सम्भावना छ । भारतले आफ्ना युवा खेलाडीलाई मौका दिन फरक फरक सिरिजमा कप्तान परिवर्तन गरेकोछ ।
दुई महिना अघि १९ औ एसियायी खेलकुदमा रितुराजले कप्तानी गरेका थिए । उनको कप्तानीमा भारतले स्वर्ण जितेको थियो । भारतले क्वाटरफाइनलमा नेपाललाई २३ रनले हराएको थियो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]