default_image

2 years ago

November 23, 2023

स्टोक्सले आइपिएल नखेल्ने

4935 views

0 Bookmark


एजेन्सी – इंग्ल्यान्डका स्टार अलराउन्डर बेन स्टोक्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ नखेल्ने भएका छन् । चेन्नई सुपर किंग्सले बेन स्टोक्सले फिटनेशलाई ध्यानमा राख्दै ओभरलोड कम गर्न आपिएल नखेल्ने निर्णय लिएको जनाएकोछ ।

स्टोक्सलाई गत वर्ष अक्सनमा १६ करोड २५ लाख भारु (२६ करोड नेपाली रुपैयाँ ) मा किनेको थियो । तर स्टोक्सले पुरै खेल भने खेलेका थिएनन् । पुर्णरुपमा फिट नहुदा २ खेल मात्रै खेलेका थिए ।

भारतमा यसैसाता सप्पन्न विश्वकपमा भने इंग्ल्यान्डले खराब प्रदर्शनका साथ लिगबाटै बाहिरिएको थियो ।
बेन स्टोक्सले ।

इंग्ल्यान्डलाई २०२५ को च्याम्पियन्स ट्रफीमा छनोट गराउन उनले विश्वकपक अन्तिम दुई खेलमा पाकिस्तानविरुद्ध ८४ र नेदरल्यान्ड्सविरुद्ध १ सय ८ रन बनाएका थिए ।

चेन्नईले गत वर्ष फाइनलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउँदै पाँचौं पटक उपाधि जितेको थियो । अन्तिम बलमा १० रन चाहिदा रबिन्द्र जडेजाले मोहित शर्मालाई चौका र छक्का हान्दै खेल जिताएका थिए । २०२४ धोनीले अन्तिम पटक खेल्नेछन् ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.