default_image

2 years ago

November 24, 2023

अष्ट्रेलियामाथि भारतको रोमाञ्चक जित

11642 views

0 Bookmark

एजेन्सी – कप्तान सुर्यकुमार यादवको उत्कृष्ट ब्याटिङको सहयोगमा भारतले पहिलो टि२० आई खेलमा अष्ट्रेलियामाथि २ विकेटको रोमान्चक जित हात पारेकोछ । योसँगै पाँच टि२० आई सिरिजमा भारतले १-० ओ अग्रता लिएकोछ ।

जितको लागि २ सय ९ रनको विशाल लक्ष्य पछ्याएको भारतले १९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो ।

भारतको जितमा सुर्यकुमार यादवले ४२ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ८० रनको योगदान दिए । ईशान किशनले ३९ बलमा २ चौका र ५ छक्कासहित ५८ रन बनाए ।

भारतलाई जितको लागि अन्तिम ६ बलमा ७ रन चाहिँएको थियो। शन एबोटलाई रिंकु सिँहले पहिलो बलमा चौका हाने । दोस्रो बलमा वाईको रुपमा १ रन जोडे । तेस्रो बलमा अक्षर पटेल कट एन्ड बोल्ड आउट भए । चौथो बलमा रवि विश्वोइ रन आउट भए ।

पाँचौँ बलमा दुई रन लिने धुनमा अर्शदिप सिंह पनि रन आउट भएका थिए । अन्तिम बलमा एक रन चाहिँदा नो बल गरेपछि भारतले जितेको थियो ।

रिंकु १४ बलमा ४ चौकासहित २२ रनमा नट आउट रहे ।
यशस्वी जैसवाल ८ बलमा २ चौका र २ छक्कासहित २२ र तिलक बर्मा १२ रनमा आउट भए ।

अष्ट्रेलियाका जेहसन बेहरनडोफ, म्याथ्यु शर्ट र शन एबोटले एक एक विकेट लिए ।

त्यसअघि विशाखापट्नममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ८ रन बनाएको थियो ।

अष्ट्रेलियाका लागि विकेटकिपर जोश इंग्लिसले ५० बलमा ११ चौका र ८ छक्कासहित १ सय १० रनको सानदार शतकीय इनिङ खेले पनि टोलीको जितको लागि पर्याप्त भएन । उनको अन्तरास्ट्रिय करिअरको पहिलो शतक थियो ।

ओपनर म्याथ्यु शर्ट ११ बलमा ३ चौकासहित १३ रनमा रवि विश्वोइको बलमा बोल्ड आउट भए । दोस्रो विकेटका लागि स्टिभ स्मिथ र जोश इंग्लिसले ६६ बलमा १ सय ३० रनको शतकिय साझेदारी गरेका थिए । स्मिथ ४१ बलमा ८ चौकासहित ५२ रनमा रन आउट आउट भएका थिए । टिम डेविड १९ र मार्कस स्टोइनिस ७ रनमा नट आउट रहे ।

भारतका प्रसिद्ध कृष्णाले ४ ओभरमा ४ ओभरमा ५० रन खर्चेर १ विकेट लिए । रवि विश्वोईले ४ ओभरमा ५४ रन खर्चेर १ विकेट लिए ।

दोस्रो खेल आइतबार, तेस्रो मंगलबार, चौथो शुक्रबार र पाँचौ तथा अन्तिम खेल आइतबार हुनेछ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.