2 years ago
November 26, 2023
एजेन्सी – इंग्ल्यान्डका युवा अलराउन्डर साम करन इन्डियन प्रिमियर लिग(आइपिएल) २०२४ मा पन्जाब किंग्समै हुने भएका छन् । साम करनलाई २०२३ को अक्सनमा पन्जाबले आइपिएल इतिहासकै सर्वाधिक महँगो १८ करोड ५० लाख भारु( २९ करोड ५० लाख नेपाली रुपैयाँ) मा किनेको थियो ।

२०२२ को टि२० विश्वकप इंग्ल्यान्डलाई जिताउन सानदार प्रदर्शन गरेका उनले अक्सनमा कीर्तिमानी मूल्य पाएका थिए । गतवर्ष सिजनमा उनले १४ खेलमा १ अर्धशतकसहित कुल २ सय ७६ रन बनाउनुको साथै १० विकेट लिएका थिए । पन्जाबले उनलाई टोलीमै राख्ने निर्णय लिएको हो ।
पन्जाबले विदेशी खेलाडीमा जोनी बेयरस्टो, कागिसो रबाडा, नाथन एलिस, साम करन, लियाम लिभिङस्टोन, सिकन्दर राजा र साम करनलाई टोलीमा राखेको छ । पन्जाबले श्रीलंकाका ब्याटर भानुका राजपक्षे र म्याथ्यु शर्टलाई टोलीबाट फुकुवा गरेको छ ।
उता फिनिसर शाहरुख खानलाई भने पन्जाबले टोलीबाट फुकुवा गरेको छ ।
पन्जाबले टोलीमै राखेका(रिटेन गरेका खेलाडी)
फुकुवा गरेका खेलाडी ( फुकुवा) ः
सिकन्दर राजा, जोनी बेयरस्टो, अथर्व टैडे, हरप्रीत सिंह, शिवम सिंह, अर्शदीप सिंह, हरप्रीत ब्रार, कागिसो रबाडा, नाथन एलिस, राहुल चाहर, विदवाथ कविराप्पन, लियाम लिभिङस्टोन, साम करन, सिकन्दर राजा, जितेश शर्मा र प्रभश्रिमन सिंह ।
बालजित सिंह, भानुका राजपक्षे, मोहित रथे, शाहरुख खान, म्याथ्यु सर्ट र गुरनुर ब्रारलाई फुकुवा गरेको छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]