default_image

2 years ago

November 27, 2023

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको फराकिलो जित

11369 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा अलराउन्डर कुशल मल्लको अलराउन्ड प्रदर्शनमा आर्मीले पोखरामा जारी केपी ओली कप टि२० प्रतियोगितामा मदन भण्डारी स्पोर्ट्स एकेडेमी ब्ल्यूलाई १ सय १० रनको फराकिलो अन्तरले हराएको छ ।

जितको लागि १ सय ९६ रनको विशाल विजयी लक्ष्य पछ्याएको मदन भण्डारी १५.४ ओभरमा ८५ रनमा अल आउट भयो । मदन भण्डारीका निर्भिक पाठकले २३ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक २८ रन जोडे । रोनिम तिवारी १५, दीनेश सुवेदी २, अर्जुन रायमाझी ४, रणविर यादव १६ र सौम्य रोय १० रनमा आउट भए ।

आर्मीका कुशल मल्लले १.४ ओभरमा २ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । साहब आलम र जितेन्द्र मुखियाले समान दुई विकेट लिए । विवेक यादव र रोहित पौडेलले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९५ रन बनायो । आर्मीका विवेक यादव १४ बलमा ३ चौका र २ छक्कासहित २९ रनमा नट आउट रहे ।

कुशल मल्लले २१ बलमा ३ छक्कासहित २५, रोहित पौडेल १२, बसिर अहमद २३ र सन्तोष कार्की ४१ रनमा आउट भए । कप्तान तथा ओपनर विनोद भण्डारी २४ बलमा ३ चौका र ३ छक्कासहित ३८ रनमा आउट भए । मदन भण्डारीका मेहुल श्रेष्ठले २, धवन सहानी र सुभम खनाल र कौशल रुपाखेतीले १–१ विकेट लिए ।

समूह डी मा आर्मी, कोशी र मदन भण्डारी ब्ल्यू छन् । समूह डी को विजेताले समूह ए को विजेता बागमतीसँग सेमिफाइनल खेल्नेछ । समूह बी बाट एपिएफ सेमिफाइनलमा पुगेको छ । समूह सी बाट पुलिस र मधेश मध्य एक सेमिफाइनलमा पुग्नेछन् ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.