default_image

2 years ago

November 27, 2023

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको फराकिलो जित

11367 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा अलराउन्डर कुशल मल्लको अलराउन्ड प्रदर्शनमा आर्मीले पोखरामा जारी केपी ओली कप टि२० प्रतियोगितामा मदन भण्डारी स्पोर्ट्स एकेडेमी ब्ल्यूलाई १ सय १० रनको फराकिलो अन्तरले हराएको छ ।

जितको लागि १ सय ९६ रनको विशाल विजयी लक्ष्य पछ्याएको मदन भण्डारी १५.४ ओभरमा ८५ रनमा अल आउट भयो । मदन भण्डारीका निर्भिक पाठकले २३ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक २८ रन जोडे । रोनिम तिवारी १५, दीनेश सुवेदी २, अर्जुन रायमाझी ४, रणविर यादव १६ र सौम्य रोय १० रनमा आउट भए ।

आर्मीका कुशल मल्लले १.४ ओभरमा २ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । साहब आलम र जितेन्द्र मुखियाले समान दुई विकेट लिए । विवेक यादव र रोहित पौडेलले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९५ रन बनायो । आर्मीका विवेक यादव १४ बलमा ३ चौका र २ छक्कासहित २९ रनमा नट आउट रहे ।

कुशल मल्लले २१ बलमा ३ छक्कासहित २५, रोहित पौडेल १२, बसिर अहमद २३ र सन्तोष कार्की ४१ रनमा आउट भए । कप्तान तथा ओपनर विनोद भण्डारी २४ बलमा ३ चौका र ३ छक्कासहित ३८ रनमा आउट भए । मदन भण्डारीका मेहुल श्रेष्ठले २, धवन सहानी र सुभम खनाल र कौशल रुपाखेतीले १–१ विकेट लिए ।

समूह डी मा आर्मी, कोशी र मदन भण्डारी ब्ल्यू छन् । समूह डी को विजेताले समूह ए को विजेता बागमतीसँग सेमिफाइनल खेल्नेछ । समूह बी बाट एपिएफ सेमिफाइनलमा पुगेको छ । समूह सी बाट पुलिस र मधेश मध्य एक सेमिफाइनलमा पुग्नेछन् ।

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.