2 years ago
December 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले एसिसी यू–१९ एसिया कपमा आज पाकिस्तानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मा सुरुहुनेछ । नेपालको कप्तान देव खनाल र पाकिस्तानको साद बेगले गर्नेछन् ।

नेपालको टोलीमा सिनियर टोलीका प्रमुख अलराउन्डर गुलशन झा छन् । देवले पनि नेपालबाट १० ओडिआई खेल खेलेका छन् । देव र गुलशनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । गुलशन पछिल्लो एक वर्षदेखी टोलीमा निरन्तर छन् । एसिया कपमा भारत, पाकिस्तान साथै विश्वकप छनोटमा जिम्बावे, वेस्टइन्डिज र आयरल्यान्ड जस्ता देशविरुद्ध खेली सकेका छन् ।
पाकिस्तानविरुद्ध एसिया कपमा बाबर आजम, मोहम्मद रिजवान, शाहिन शाह अफ्रिदी, हरिस रौफ र नसिम शाह जस्ता विश्वस्तरिय खेलाडीविरुद्ध खेलेका थिए । त्यसैले आजको खेलमा नेपाल गुलशनबाट धेरै अपेक्षा गरेको छ । उनी पाँचौं नम्बरमा खेल्नुको साथै प्रमुख बलरको रुपमा खेल्नेछन् । गुलशनले जिम्मेवारी लिनुपर्ने हुन्छ ।
कप्तान देवले पछिल्लो ९ महिनामा नेपाली यू१९ टोलीमा तीन शतक हानेका छन् । नेपालबाट यू१९ मा तीन शतक हान्ने पहिलो खेलाडी हुन् । नेपाली ब्याटिङका भविष्य मानिएका देवले कप्तानी इनिङ खेल्नुपर्छ । अर्जुन कुमाल अर्का आशालाग्दा ब्याटर हुन् । यू१९ टोलीमा उनले पनि दुई शतक हानेका छन् । यू१९ प्रिमियर कपमा साउदी अरेवियाविरुद्ध १ सय ४३ रन बनाएका थिए ।

उता पाकिस्तानका अरफत मिन्हासले तीन टि२० आई खेल खेलेका छन् । उनी तल्लोक्रममा राम्रो ब्याटिङको साथै स्पिन बलिङ गर्ने गर्दछन् । बायाँ हाते खेलाडी उनले ठूला सर्टको क्षमता राख्छन् । त्यस्तै तीव्र गतिका बलर मोहम्मद जिशान र अरफत पाकिस्तानको टेस्ट टोलीमा परि सकेका छन् ।
गतवर्ष यी दुई खेलाडीले पाकिस्तानको टेस्ट टोलीमा स्थान बनाएका थिए । नेपालको समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छन् । शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न आजको खेलमा पाकिस्तानलाई हराउनु पर्ने हुन्छ । आज हारेको खण्डमा बाँकी दुबै खेल जित्नुपर्ने हुन्छ । त्यसैले नेपालले उत्कृष्ट क्रिकेट खेल्न चाहन्छ ।
नेपालको बलिङ आक्रामणमा गुलशन, आकाश चन्द र हेमन्त धामी तीव्र गतिका बलर हुनेछन् । स्पिनरमा दीपेश कँडेल र सुभाष भण्डारी हुनेछन् । पाकिस्तान श्रीलंकासँग पाँच एकदिवसीय खेल खेलेर आएको हो ।
नेपाल सिनियर टोलीसँग चार खेल खेलेर गएको छ । आइसिसी एकेडेमी ओभल तीव्र गतिका बलरलाई बढी सहयोग मिल्छ । हरियो दुबे बढी हुँदा बिहान पहिला ब्याटिङ गर्दा सम्हाल्लेर खेल्नुपर्ने हुन्छ ।
नेपालको टोली :
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, गुलशन झा, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), तिलक राज भण्डारी, आकाश चन्द र दीपक बोहरा ।
पाकिस्तानको टोली :
साद बेग (कप्तान), अहमद हुसेन, अली अस्फन्द, अमिर हसन, अरफत मिन्हास (उपकप्तान), आजन अविस, खुबैब खलिल, नजिब खान, नविद अहमद खान, मोहम्मद हियाजउल्लाह, मोहम्मद तयाब आरिफ, मोहम्मद जिशान, शाहजैब खान, उबैद शाह र शामिल हुसेन ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]