2 years ago
December 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर अर्जुन कुमालको सानदार ब्याटिङका बाबजुद नेपाल एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ । योसँगै नेपालको सेमिफाइनल खेल्ने सम्भावना अंक गणीतिय सम्भावना मात्रै बाँकी छ ।

जितको लागि २ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १ सय ८८ रनमा अल आउट भयो । नेपालका अर्जुन कुमाल १ सय ८ बलमा १३ चौकासहित ९१ रनमा आउट भए । अन्तिम विकेटको रुपमा एज लागेर अर्जुन विकेटकिपर नौमान अलीबाट क्याच आउट भए ।
अर्जुन बाहेक अन्य कुनैपनि नेपाली ब्याटरले सम्झन योग्य प्रदर्शन गर्न सकेनन् । यसअघि नेपालबाट यू१९ क्रिकेटमा दीपेन्द्रसिंह ऐरीले २०१६ को यू१९ एसिया कपमा श्रीलंकाविरुद्ध ९० रन बनाएका थिए । यू१९ मा नेपाली ब्याटरले टेस्ट टोलीविरुद्ध बनाएको त्यो नै उच्च योगफल थियो । अर्जुनले दीपेन्द्रको कीर्तिमान तोडेका हुन् ।
सिनियर टोलीमा ओपनर कुशल भुर्तेल गत जुनमा आइसिसी विश्वकप छनोटमा जिम्बावेविरुद्ध ९९ रनमा आउट भएका थिए । नेपालले ओपनर विपिन रावललाई शून्यमा गुमाएको थियो । दीपक बोहरा १३ बलमा ३ चौकासहित १५ रनमा क्याच आउट भए । फरिदुन दावुदजाईको बलमा नौमान अघाबाट दीपक क्याच आउट भएका थिए ।

कप्तान देव खनाल ३७ बलमा २ चौकासहित २४ रनमा क्याच आउट भए । उत्तम थापामगर ४ र आकाश त्रिपाठी शून्यमा आउट भएपछि नेपाल समस्यामा परेको थियो ।
गुलशन झा २० बलमा २ छक्कासहित १७, दीपेश कँडेल ११, सुवास भण्डारी ८ र हेमन्त धामी शून्यमा आउट भए । अफगानिस्तानको जितमा तीव्र गतिका बलर फरिदुन दावुदजाईले ७.१ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । नसिर खानले १० ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । मोहम्मद युनिस जद्रानले ७ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि आइसिसी एकेडेमी ओभल–२ दुबईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तान ४९.३ ओभरमा २ सय ६१ रनमा अल आउट भएको थियो ।
अफगानिस्तानका जाम्शिद जद्रानले १ सय ५२ बलमा ८ चौकासहित १ सय ६ रनको शतकीय इनिङ खेलेका थिए । उनी खुट्टामा समस्याका कारण रिटायर्ड हर्ट भएका थिए ।

त्यस्तै नौमान साह अघाले ४१ बलमा ५ चौका र ३ छक्कासहित ६० रनको आक्रामक इनिङ खेलेका थिए । पाँचौं विकेटका लागि नौमानले जम्शिद जद्रानसँग ८२ बलमा ९७ रनको उत्कृष्ट साझेदारी गर्दै अफगानिस्तानलाई बलियो योगफलमा पुर्याएका थिए ।
नेपाललाई तीव्र गतिका बलर गुलशन झाले पहिलो सफलता दिलाएका थिए । गुलशनको दोस्रो ओभरको पाँचौं बलमा ठूलो सर्ट खेल्ने धुनमा टप एज लागेर अफगानी ओपनर वाफिउल्लाह ताराखिल १५ रनमा देव खनालबाट क्याच आउट भएका थिए ।
हेमन्त धामीको सातौं ओभरको दोस्रो बलमा खालिद तानिवाल १० रनमा गुलशनबाट क्याच आउट भए । लगत्तै अर्को बलमा हेमन्तले अक्रम मोहम्मदजाईलाई योर्करमा बोल्ड आउट गरे । हेमन्तको इनस्वींय योर्कर बलमा उनी बोल्ड भएका थिए । ह्याट्रिक बलमा हेमन्तले वाइड फ्याँलेका थिए ।
एक समय अफगानिस्तान ६।३ ओभरमा ३३–३ को को अवस्थामा पुगेको थियो । तर चौथो विकेटका लागि रहिमउल्लाह जुरमाती र जम्शिद जद्रानको ८१ रनको साझेदारीले अफगानिस्तान खेलमा सम्हाल्लिएको थियो ।

दीपेशको २८ औं ओभरको दोस्रो बलमा जुरमाती ३५ रनमा क्याच आउट भए । ब्याकवार्ड प्वाइन्टमा सुभाष भण्डारीले उत्कृष्ट क्याच लिँदै साझेदारी तोडेका थिए ।
नेपालका हेमन्त धामीले ६ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । दीपेश कँडेलले १० ओभरमा ३४ रन खर्चेर १ विकेट लिए । सुभाष भण्डारीले १० ओभरमा ४९ रन खर्चेर २ विकेट लिए । आकाश चन्दले ९ ओभरमा ६६ रन खर्चेर १ विकेट लिए । गुलशन झाले ८.३ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए ।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । नेपालले अन्तिम खेल मंगलबार भारतसँग खेल्नेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]