2 years ago
December 15, 2023
काठमाडौं (हाम्रो खलकुद) – नेपाल एपिएफ क्लबले बागमती प्रदेशलाई तेस्रो टि२० खेलमा ५ विकेटले पराजित गरेको छ । योसँगै तीन खेलको सिरिज एपिएफले क्लिनस्वीप गरेको छ ।

जितको लागि ७३ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले १४.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफको जितमा सीता रानामगरले २९ बलमा ३ चौकासहित सर्वाधिक २९ रन बनाइन् ।
ज्योति पाण्डे १५, रोमा थापा २, राजमति ऐरी शून्य रनमा आउट हुँदा ममता चौधरी ४ र सरिता मगर ८ रनमा नट आउट रहिन् । बागमतीको तीव्र गतिकी बलर विपिशा शाहीले २.१ ओभरमा ७ रन खर्चेर २ विकेट लिइन् । सँस्कृति फ्ँयालले एक विकेट लिइन् ।
त्यसअघि तल्लोमुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७२ रन बनाएको थियो । बागमतीकी सलिना सिलवालले ४३ बलमा २ चौकासहित २२ रन बनाइन् ।
अस्मिना कर्माचार्यले ३६ बलमा १ चौकासहित २१, हेलिसा गुरुङ शून्य, कन्चन श्रेष्ठ ४, अस्मिता खरेल ५, यशु पाण्डे, विपिशा शाही, सुजिता थापा र अनिशा मजाकोटीले १–१ रन बनाइन् ।
एपिएफकी करुणा भण्डारीले ४ ओभरमा ५ रन खर्चेर ३ विकेट लिइन् । रेखा रावलले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिइन् । सीता रानामगरले एक विकेट लिइन् ।
खेलमा सीता रानामगर सर्वोत्कृष्ट खेलाडी चुनिन् । उनले तीन खेलको सिरिजमा ५६ रन बनाउनुको साथै १ विकेट लिएकी थिइन् । त्यस्तै एपिएफकी ममता चौधरीले ३ खेलमा ८८ रन बनाउँदै उत्कृष्ट ब्याटर चुनिन् । त्यस्तै एपिएफकी करुणा भण्डारी ५ विकेटका साथ उत्कृष्ट बलर चुनिन् ।
पहिलो खेलमा एपिएफ ७२ रन र दोस्रो खेलमा ६२ रनले विजयी भएको थियो । पुष ४ गतेदेखी काठमाडौंमा प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता आयोजना हुँदैछ । त्यसअघि बागमती प्रदेश क्रिकेट संघले एपिएफसँग तीन खेलको सिरिज खेलेको हो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]