2 years ago
December 19, 2023
एजेन्सी – पन्जाब किंग्सले दक्षिण अफ्रिकाका बायाँ हाते ब्याटर राइली रोसोउलाई इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को अक्सनमा ८ करोड भारु (झन्डै १३ करोड नेपाली रुपैयाँ) मा किनेको छ ।

न्यूनतम मूल्य २ करोड राखेका उनी सुरुवातमा अनसोल्ड भएका थिए । तर दोस्रो पटक उनलाई पन्जाबले किनेको हो । पन्जाबले किन्दा दिल्लीले पनि मूल्य लगाएपछि उनी महँगो मूल्यमा बिक्री भएका हुन् ।
बायाँ हाते ब्याटर रोसोउ टि२० आईमा लगातार दुई शतक हान्ने पहिलो खेलाडी हुन् । उनी आक्रामक ब्याटिङका लागि चिनिन्छन् ।
अफगानिस्ताका स्पिनर मुजिब उर रहमानलाई कोलकाताले न्यूनतम २ करोड भारुमा किनेको छ । त्यस्तै न्युजिल्यान्डका तीव्र गतिका बलर लोकी फर्गुसनलाई २ करोड न्यूनतम मूल्यमा बेंगलोरले किनेको छ ।
भारतीय अनुभवी ब्याटर मनिष पाण्डेलाई कोलकाताले ५० लाख न्यूनतम मूल्यमा किनेको छ । त्यस्तै भारतीय विकेटकिपर रोविन मिन्जलाई गुजरात टाइटन्सले ३ करोड ६० लाख भारुमा किनेको छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]