default_image

2 years ago

December 22, 2023

ज्योत्स्निका र अञ्जलीको उत्कृष्ट ब्याटिङमा गण्डकीको पहिलो जित

1153 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर अञ्जली विश्वकर्मा र ज्योत्स्निका मरासिनीको उत्कृष्ट ब्याटिङमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई ४४ रनले हराएको छ । गण्डकीले पहिलो जित हात पार्दा कर्णालीको लगातार दोस्रो हार हो ।

जितको लागि १ सय ४२ रनको विशाल विजयी लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ६ विकेट गुमाउँदै ९७ रन बनायो । कर्णालीको लागि गौरी बोहराले १६ बलमा ४ चौकासहित सर्वाधिक २६ रन बनाइन् ।

ओपनर यमुना थारुले २१ र तृर्सना विश्वकर्माले १९ रन बनाइन् । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
गण्डकीको लागि रचना चौधरीले २ ओभरमा १८ रन खर्चेर २ विकेट लिइन् । सुमन खतिवडा र ज्योत्स्निका मरासिनीले १(१ विकेट लिइन् ।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको गण्डकी प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो ।

गण्डकीको जितमा ओपनर अञ्जली विश्वकर्माले ४८ बलमा ८ चौकासहित सर्वाधिक ५१ रन बनाइन् । ज्योत्स्निका मरासिनी ४० बलमा ५ चौका र १ छक्कासहित ५० रनमा रन आउट भइन् । एक विकेट पनि लिएकी ज्योत्स्निका खेलको प्लेयर अफ द म्याच चुनिन् । जारी प्रतियोगितामा अर्धशतक हान्ने यी दुई खेलाडी मात्रै हुन् । जारी प्रतियोगिता सर्वाधिक योगफल पनि हो ।

फिनिसर सुमन खतिवडाले १७ बलमा २ चौका र १ छक्कासहित २२ रनको आक्रामक इनिङ खेलिन् । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

सृर्जना पौडेल शून्य, सीमा केसी २, सृष्टी पौडेल शून्यमा आउट हुँदा कुसुम गोदार १ रनमा अविजित रहिन् । कर्णालीको यमुना थारुले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिइन् । अन्जु गुरुङले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिइन् । रश्मी खड्काले एक विकेट लिइन् ।

कर्णाली पहिलो खेलमा कोशीसँग १० विकेटले पराजित भएको थियो । त्यस्तै गण्डकी प्रदेश पहिलो खेलमा लुम्बिनीसँग ४ विकेटले पराजित भएको थियो ।

आज टियुमा भएको पहिलो खेलमा कोशीले बागमतीलाई ८ विकेटले हरायो । अव आइतबार कर्णालीले मधेशसँग टियुमा खेल्नेछ । त्यस्तै आइतबार गण्डकीले मुलपानीमा बागमतीसँग खेल्नेछ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.