default_image

2 years ago

December 24, 2023

कविताको आक्रामक ब्याटिङमा कर्णालीलाई विशाल लक्ष्य

1645 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर कविता जोशीको आक्रामक ब्याटिङमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई १ सय ५२ रनको विशाल लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५१ रन बनायो ।

सुदूरको लागि कविता जोशीले ५० बलमा १० चौका र १ छक्कासहित सर्वाधिक ७८ रनमा अविजित रहिन् । जारी प्रतियोगितामा यो ब्यक्तिगत उच्च स्कोर हो । यसअघि आज नै एपिएफकी इन्दु बर्माले लुम्बिनीविरुद्ध ७० रन बनाएकी थिइन् ।

कर्णालीलाई तीव्र गतिकी बलर अञ्जु गुरुङले ओपनर रुवि पोदारलाई ६ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाएकी थिइन् । चोभार एन्डबाट आएकी उनको बलमा एज लागेर विकेटकिपर निलम शाहीबाट क्याच गराइन् । विन्दु रावललाई अञ्जुले ४ रनमा एलबीडब्लू आउट गरिन् ।

सम्झना खड्का मध्य गतिकी बलर यमुना थारुको बलमा ११ रनमा एलबीडब्लू आउट भइन् । स्पिनर रश्मिका खड्काले ऋतु कनौजियालाई १० रनमा बोल्ड गरिन् ।

रेवती धामी २४ बलमा २ चौकासहित २२ रनमा अविजित रहिन् । कर्णालीकी अञ्जु गुरुङले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिइन् । यमुना थारु र रश्मी खड्काले १(१ विकेट लिइन् ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.