default_image

2 years ago

December 25, 2023

एपिएफ भारतीय क्लब नायडासँग पराजित

1332 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब भारतीय वोन्डर्स क्लब नोयडासँग प्रो क्लब टि२० च्याम्पियनसिपमा ८ विकेटले पराजित भएको छ । जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य नोयडाले १६.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नोयडाको जितमा ऋतिक भत्सले २१ बलमा ६ चौका र ३ छक्कासहित ४६ रन बनाए ।

हर्षित सेठी ३५ बलमा ३ चौका र ३ छक्कासहित ४५ रनमा अविजित रहे । सिद्धार्थ गोस्वामी ३४ बलमा ४ चौका र २ छक्कासहित ४३, ऋतिक आरोरा १२ रन बनाए । एपिएफका कमल खत्री र विपिन खत्रीले एक एक विकेट लिए ।
त्यसअघि नारायणी क्रिकेट ग्राउन्ड बिरगंजमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४४ रन बनायो ।

एपिएफका प्रदीप ऐरीले २२ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २४ रन बनाए । आसिफ शेख २२ बलमा २ चौका र १ छक्कासहित १९, हरिशंकर शाह २३, सुमित महर्जन ११, सन्दीप जोरा २०, लोकेश बम १९ र अमर सिंह राउटेलाले १७ रन बनाए ।

नोयडाका एलिप्त गुप्ताले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । ऋतिक भत्स, सन्जीव र हर्षितले १–१ विकेट लिए ।
आजको दोस्रो खेलमा आर्मी र उत्तरप्रदेश ११ बीच प्रतिस्पर्धा हुनेछ । आर्मी ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । पुलिस ३ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.