2 years ago
December 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) –उपाधि दाबेदार नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ५२ रनले हराउँदै क्वालिफायरमा स्थान पक्का गरेको छ । एपिएफ एक खेल अगावै क्वालिफायर खेल्ने पक्का भएकोछ ।

जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७५ रन बनायो । गण्डकीको लागि सुमन खतिवडा र सृष्टी जैसीले समान १७ रन बनाइन् । सुमनले १७ बलमा २ चौका प्रहार गरेकी थिइन् । ओपनर सृर्जना पौडेल ११ र ज्योत्स्निका मरासिनी १३ रनमा आउट भइन् ।
एपिएफकी नेरी थापाले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिइन् । सोनु खड्काले दुई र करुणा भण्डारीले एक विकेट लिइन् ।
एपिएफ ६ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा छ ।
कोशी ६ खेलमा ५ मा जित र १ मा हारसहित १० अंकका साथ दोस्रो स्थानमा छ । सुदूर ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ । बागमती ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ चौथो स्थानमा छ ।
यी चार टोली प्लेअफमा पुगेका छन् । बाँकी कुनै पनि टोली अव ८ अंकमा पुग्न सक्दैनन् । लुम्बिनी ६ खेलमा २ मा जित र ४ मा हारसहित २ अंकका साथ पाँचौं स्थानमा छ ।
मधेश ६ खेलमा २ मा जित र ४ मा हारसहित ४ अंकका साथ छैटौं स्थानमा छ । गण्डकी प्रदेश ६ खेलमा ५ मा हार र १ मा जितसहित २ अंकका साथ सातौं स्थानमा छ । कर्णाली ६ खेलमा सबैमा हार व्यहोरेको छ ।
शीर्ष दुई टोलीले सोझै क्वालिफायर खेल्न पाउनेछन् । क्वालिफायरमा पराजित हुने टोलीले अर्को फाइनलमा पुग्ने अवसर पाउनेछ । तेस्रो र चौथो स्थानमा हुने टोलीले एलिमिनेटर खेल्नुपर्ने हुन्छ ।
एलिमिनेटरको विजेताले दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरको विजेता हुनेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]