2 years ago
December 29, 2023
एजेन्सी – दुई साता अघि इन्डियन प्रिमियर लिग (आइपिएल) अक्सनमा अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कलाई कोलकाता नाइट राइडर्सले इतिहासकै सर्वाधिक महँगो मूल्य खर्चियो । अक्सनमा कोलकाताले २४ करोड ७५ लाख भारु (झन्डै ४० करोड नेपाली रुपैयाँ) खर्चेको थियो ।

२.९ मिलियन डलर पाएका उनी २०१५ पछि पहिलो पटक आइपिएल खेल्नेछन् । अक्सनमा एक घण्टा अघि प्याट कमिन्सको २० करोड ५० लाख भारुको कीर्तिमान तोडेका थिए । गतवर्ष अक्सनमा इंग्ल्यान्डका साम करनलाई पञ्जाब किंग्सले १८ करोड ५० लाख भारु खर्चेको थियो ।
स्टार्क वर्तमान विश्व क्रिकेट इतिहासमा सर्वाधिक गतिमा बलिङ गर्ने बलर समेत हुन् । उनले प्रतिघण्टा १६०.४ किलोमिटरको गतीमा बलिङ गरि सकेका छन् । स्टार्कले २०२४ को आइपिएलमा लिगका १४ खेलको हिसाब गर्दा प्रत्येक बलको मूल्य साढे ११ लाख नेपाली रुपैयाँ पाउनेछन् ।
स्टार्कले २०१४ मा बेंगलोरबाट दिल्लीविरुद्ध आइपिएलमा डेब्यू गरेका थिए । त्यो वर्ष उनलाई बेंगलोरले अक्सनमा ५ करोड भारुमा किनेको थियो । २०१४ र २०१५ को सिजन उनले बेंगलोरबाट खेलेका थिए ।
त्यसपछि उनले कुनैपनि आइपिएल खेल खेलेका छैनन् । २०१८ को अक्सनमा उनलाई कोलकाताले ९ करोड ४० लाख भारुमा किनेको थियो । तर चोटका कारण उनले त्यो वर्ष आइपिएल खेलेका थिएनन् । त्यसपछि अक्सनमा उनले आफ्नो नाम पनि दिएका थिएनन् ।

अष्ट्रेलियालाई पहिलो प्राथमिकतामा राख्दै उनले आइपिएल नखेल्ने जनाएका थिए । शरीरिको ओभरलोड कम गर्न, राष्ट्रको खेल पहिलो प्राथमिकता, श्रीमती एलिसा हेलीसँगै परिवारलाई पर्याप्त समय नदिन आइपिएल नखेल्ने निर्णय लिँदै आएका थिए ।
आइपिएलमा २०१८ यता हरेक अक्सनम तीव्र गतिका बलरमाथि धनको वर्षा हुँदै आएको थियो । अक्सनमा स्टार्क माग उच्च हुँदा धनको वर्षा हुने सम्भावना थियो । तर उनले धन भन्दा पनि परिवार र अष्ट्रेलियालाई पहिलो प्राथमिकतामा राखे ।
अष्ट्रेलियाले २०१५ को एकदिवसीय विश्वकप उपाधि जित्दा स्टार्क प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी हुन् । उनले उक्त प्रतियोगितामा उनले २२ विकेट लिएका थिए । २०१९ को एकदिवसीय विश्वकप सेमिफाइनलमा अष्ट्रेलिया इंग्ल्यान्डसँग पराजित हुँदै बाहिरिएको थियो । तर उक्त विश्वकपमा २७ विकेटका साथ शीर्ष स्थानमा थिए ।
२०२१ को टि२० विश्वकप र २०२३ को विश्वकप टेस्ट च्याम्पियनसिप फाइनलको उपाधि जिताउन उनको महत्वपूर्ण प्रदर्शन थियो । स्टार्कले हरेक बल प्रतिघण्टा १ सय ४५ किलोमिटरको गतीमा बलिङ गर्दै आएका छन् ।
विश्वकप अघि आइपिएल खेल्ने निर्णय
यस पटक टि२० विश्वकप अघि आइपिएल हुनेछ । आइपिएल मार्च मे मा हुनेछ । टि२० विश्वकप जुनमा हुनेछ । विश्वका सबै प्रमुख टि२० खेलाडी खेल्ने हुँदा स्टार्क आइपिएल खेल्ने निर्णय लिएका हुन् । जसले विश्वकप अघि उनले विपक्षी प्रमुख ब्याटरको कमजोरी पत्ता लगाउन सहयोग मिल्नेछ ।

स्टार्क श्रीमती एलिसा हेली महिला क्रिकेटकी सुपरस्टार ब्याटर हुन् । यी दुई जोडीले एक अर्कालाई राम्रो साथ दिँदै आएका छन् । पछिल्लो समय महिला क्रिकेटमा अष्ट्रेलियाले एकछत्र राज गरेको छ । विश्वकप फाइनलमा आफ्नो खेल नै छाडेर श्रीमतीलाई हौसला प्रदान गर्न उनी मैदान जाने गर्दछन् ।
स्टार्क वर्तमान समयका एक उत्कृष्ट तीव्र गतिका बलर हुन् । उनको गती, योर्कर र इनस्वींग बल खेल्न विपक्षी कुनै पनि ब्याटरलाई कठिन पर्ने गर्दछ । अर्कोतर्फ स्टार्क बिग म्याच प्लेयर हुन् ।
महत्वपूर्ण र नकआउट खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । अघिल्लो महिना भारतलाई हराउँदै अष्ट्रेलियालाई विश्वकपको उपाधि जिताउन सानदार प्रदर्शन गरेका थिए । जसको कारण अक्सनमा थप महँगो मूल्य पाएका हुन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]