default_image

2 years ago

December 31, 2023

कोशीलाई हराउँदै एपिएफ फाइनलमा

696 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता पहिलो क्वालिफायर खेलमा कोशी प्रदेशलाई ५२ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ ।

जितको लागि १ सय ४० रनको विशाल विजयी लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ८७ रन बनायो । कोशीको लागि अप्सरी बेगमले ४८ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३१ रन बनाइन् ।

रुविना क्षेत्रीले २६ बलमा ४ चौकासहित २२ र काजोल श्रेष्ठ ४ रनमा आउट भइन् । लखिता राजवंशीले १४ र बिमला महलाले ६ रन बनाइन् । एपिएफकी रेखा रावल, सोनु खड्का, सुमन विष्ट र सीता रानामगरले १–१ विकेट लिइन् ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो । एपिएफको जितमा इन्दु बर्मा ५० बलमा ३ चौका र १ छक्कासहित ५६ रनमा अविजित रहिन् । रोमा थापा १६ बलमा १८ रनमा अविजित रहिन् । तेस्रो विकेटका लागि रोमा र इन्दुले ५८ रनको अविजित साझेदारी गरेका थिए ।
सीता रानामगरले ३७ बलमा ३ चौका र २ छक्कासहित ४५ रनमा रन आउट भइन् । निशा शाहले उत्कृष्ट रन आउट गर्दै पेभेलिएन फर्केकी थिइन् । ओपनर ज्योति पाण्डेलाई कप्तान रुविनाले १२ रनमै बोल्ड गरेकी थिइन् । दोस्रो विकेटका लागि सीता र इन्दुले ४३ रनको साझेदारी गरेका थिए । कप्तान रुविना क्षेत्रीले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिइन् ।

कोशीले अव एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर सोमबार खेल्नेछ । एलिमिनेटर खेलमा आज दिउँसो बागमती र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । फाइनल बुधबार हुनेछ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.