2 years ago
December 31, 2023
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता एलिमिनेटर खेलमा बागमती प्रदेशलाई ९ विकेटले हराउँदै दोस्रो क्वालिफायरमा पुगेछ । फाइनलमा पुग्न सुदूरले पहिलो क्वालिफायरमा पराजित भएको कोशी प्रदेशसँग खेल्नेछ ।

जितको लागि १ सय रनको मध्यम विजयी लक्ष्य पछ्याएको सुदूरले १४.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । सुदूरको जितमा विन्दु रावल ४९ बलमा ७ चौकासहित ५४ रनमा अविजित रहिन् । सम्झना खड्का १६ बलमा २ चौकासहित २१ रनमा नट आउट रहिन् ।
ओपनर रुवि पोदार २२ बलमा २ चौकासहित १८ रनमा आउट भइन् । बागमतीको लागि एकमात्रै विकेट मनिषा उपाध्यायले १ विकेट लिइन् ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बागमती १९ ओभरमा ९९ रनमा अल आउट भयो । बागमतीकी ओपनर कन्चन श्रेष्ठले ४६ बलमा ५ चौकासहित सर्वाधिक ३६ रनको योगदान दिइन् ।
ओपनर हेलिसा गुरुङ १०, यशु पाण्डे ७, सोनी पाख्रिन १४, एसोदा विष्ट र सलिना सिलवाल शून्यमा आउट भइन् । खुशी डंगोल १०, विपशा शाही १ र मनिषा उपाध्याय ८ रन बनाइन् ।
करिष्मा थापाले ४ ओभरमा ३२ रन खर्चेर सर्वाधिक ३ विकेट लिइन् । लक्ष्मी साउद र ऋतु कनौजियाले २–२ विकेट लिइन् । पहिलो क्वालिफायर खेलमा कोशी प्रदेशलाई ५२ रनले हराउँदै एपिएफ फाइनलमा पुगि सकेको छ । दोस्रो क्वालिफायर सोमबार हुँदा फाइनल बुधबार हुनेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]