2 years ago
January 4, 2024
एजेन्सी – भारतले दोस्रो तथा अन्तिम टेस्ट खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई ७ विकेटले हराएको छ । योसँगै दुई खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ । पाँच दिनको टेस्ट खेल तीव्र गतिका बलर हाबी हुँदा दोस्रो दिनको मात्रै दोस्रो सेसनमा सकिएको हो । लिएको पुरै ३२ विकेट नै तीव्र गतिका बलरको नाममा रह्यो ।

जितको लागि ७९ रनको सामान्य लक्ष्य भारतले १२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । रोहित शर्मा १७ र श्रेयस ऐर ४ रनमा अविजित रहे । यशस्वी जैसवाल २३ बलमा ६ चौकासहित सर्वाधिक २८, विराट कोहली १२ र शुभमन गिल १० रनमा आउट भए । दक्षिण अफ्रिकाका मार्को यानसन, नान्द्रे बर्गर र कागिसो रबाडाले १-१ विकेट लिए ।
दक्षिण अफ्रिका दोस्रो इनिङमा १ सय ७६ रनमा अल आउट भएको थियो । पहिलो इनिङमा ९८ रनले पछि पर्दा समग्रमा ७८ रनको अग्रता लिएको थियो । दक्षिण अफ्रिकाका ओपनर एडेन माक्ररमले १ सय ३ बलमा १७ चौका र २ छक्कासहित सर्वाधिक १ सय ६ रन बनाए ।
डिएन एल्गर १२, मार्को यानसन र डेविड बेडिंघमले ११-११ रन बनाए । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका जस्प्रित बुमराहले ६ विकेट लिए । मुकेश कुमारले २, मोहम्मद शिराज र प्रसिद्ध कृष्णाले १–१ विकेट लिए ।
त्यसअघि भारत पहिलो इनिङमा ३४.५ ओभरमा १ सय ५३ रनमा अल आउट भएको थियो । भारत एक समय ३३ ओभरमा १५३-४ को अवस्थामा रहेपनि त्यसपछि बाँकी ११ बलमा कुनै रन नजोड्दै ६ विकेट गुमाएको थियो ।

भारतका लागि विराट कोहलीले ५९ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाए । शुभमन गिल ३६ रोहित शर्मा ३९ रनमा आउट भए । श्रेयस ऐर, रविन्द्र जडेजा, जस्प्रित बुमराह, मोहम्मद शिराज र प्रसिद्ध कृष्णाले खाता खोल्न सकेनन् । भारतका ७ खेलाडी शून्यमा पेभेलिएन फर्के । दक्षिण अफ्रिकाका कागिसो रबाडा, लुन्गी एनगिडी र नान्द्रे बर्गरले समान तीन विकेट लिए ।
त्यसअघि केप टाउनमा टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिका २३.२ ओभरमा ५५ रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिकाका कायल भेरेयानले सर्वाधिक १५ रन बनाए । डेविड बेडिंघमले १२, टोनी डी जोर्जी २ र डिएन एल्गर ४ रनमा आउट भए ।
भारतको सानदार बलिङ सामु दक्षिण अफ्रिकाका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका मोहम्मद शिराजले ९ ओभरमा ३ मेडनसहित १५ रन खर्चेर ६ विकेट लिए । जस्प्रित बुमराह र मुकेश कुमारले २-२ विकेट लिएका थिए । पहिलो खेलमा दक्षिण अफ्रिका ३२ रनको इनिङ अन्तरले विजयी भएको थियो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]