2 years ago
January 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर रित गौतमको कप्तानीमा बागमती प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगिता खेल्ने टोली घोषणा गरेको छ ।

नेपालका लागि यू१९ क्रिकेटमा कप्तानी गरि सकेका रितको कप्तानीमा युवा टोली घोषणा गरेकोछ । ईशान पाण्डे र प्रतिश जि.सी नेपाली टोलीबाट खेलेका खेलाडी छन् । शरद भेषावकर भने वैकिल्पक खेलाडीमा पनि छैनन् । बागमतीले पूरा युवा टोली घोषणा गरेकोछ ।
प्रधानमन्त्री कप शनिबार देखी टियु, मुलपानी र भैरहवामा सुरु हुनेछ । पहिलो पटक राउन्ड रोविनको आधारमा हुनेछ । शीर्ष चारमा पर्न सके इलिट ट्रफी खेल्न पाउने अवसर पनि हुनेछ ।
रितले सिनियर स्तरमा पहिलो पटक नेतृत्व गर्नेछन् । नेपालको यू१९ पछि उनले कप्तानी गरेका छैनन् । रित नेपालबाट यू१६ र यू१९ दुबैमा शतक हान्ने एक्लो खेलाडी हुन् ।
तीव्र गतिका बलरमा गौतम केसी, प्रतिश जि.सी र रिजन ढकाल छन् ।दीपेश श्रेष्ठ र रामनगरेश गिरी लगायतका पूराना खेलाडी बागमतीको टोलीमा छैनन् । बागमतीले शनिबार टियु क्रिकेट मैदानमा नेपाल पुलिस क्लबसँग खेल्दै सुरुवात गर्नेछ ।
बागमतीको टोली :
रित गौतम (कप्तान), आशुतोष घिरैया, ईशान पाण्डे, रविन जोशी (विकेटकिपर), विवेक रानामगर, प्रतिक श्रेष्ठ, प्रतिश जि.सी, सूर्य तामाङ, कृर्जन गुरुङ, रिजन ढकाल, गौतम केसी, अशोक पौडेल, सोनु देवकोटा र विपिन आचार्य ।
वैकल्पिक : सन्देश कार्की, गौरभ खड्का, दीपेश श्रेष्ठ र कृष कार्की ।
प्रशिक्षक : क्लाम अली
टेक्लिनकल एनालिष्ट : राजन शाह
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]