1 year ago
January 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र पूर्वकप्तान ज्ञानेन्द्र मल्ल नयाँ जिम्मेवारीका साथ नेपाल एपिएफ क्लबमा जोडिएका छन् । काठमाडौंको हल्चोकस्थित एपिएफको मुख्य कार्यलयमा रोहित कप्तान र मल्ल मुख्य प्रशिक्षकको रुपमा बिहीबार सम्झौता गर्दै टोलीमा आवद्ध भएका हुन् ।
शनिबार सुरु हुने प्रधानमन्त्री एकदिवसीय राष्ट्रिय प्रतियोगितामा रोहित र मल्लको जोडीले एपिएफको टोली सम्हाल्नेछन् । मल्लले राष्ट्रिय स्तरमा पहिलो पटक प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् । अघिल्लो महिनामात्रै मल्ल, शक्ति गौचन र गण्डकीका रिजन प्रजुले सिंगापुर पुगेर आइसिसी लेभल टु कोचिङ कोर्ष गरेका थिए ।
नेपाली क्रिकेटका एक सर्वाधिक सफल ब्याटर मल्लले गत साउनमा खेलाडी करिअरबाट सन्न्यास लिएका थिए । उनीसँग काठमाडौं क्रिकेट टेनिङ सेन्टरमा झन्डै एक दशक प्रशिक्षकको भूमिका निर्वाह गरेको अनुभव छ ।
मल्लले सन् २०११ देखी २०१९ सम्म एपीएफमा रहेर टोलीको नेतृत्व गरेका थिए । त्यसपछि मल्लले घरेलु क्रिकेट बागमतीबाट खेलेका थिए । एपिएफले उनलाई दीर्घकालिन रुपमा हेरेको बताएको छ ।
‘दीर्घकालिन सोचका साथ हामीले उहाँलाई ल्याएका हौं । अहिलेको जिम्मेवारी पिएमकप सम्म छ । तर पछिसम्म गर्ने एक किसिमको सहमति भई सकेको छ ।पिएमकपको लागि प्रशिक्षकको रुपमा सम्पूर्ण जिम्मेवारी दिएका हौं’, एपिएफका एसपी सुदीप सवेदीले हाम्रो खेलकुदसँग भने ।
‘क्रिकेटमा हामीले एउटा एकेडेमी सञ्चालन गर्ने तयारी गरेका छौं । विशेष प्रशिक्षण गराउने सोच बनाएका थियौं । त्यसको लागि एक प्रशिक्षक हामीलाई आवश्यक हुँदा उहाँलाई नियुक्त गरेका हौं’, सुवेदीले भने ।
२०१८ मा नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता जित्दा रोहित टोलीका सदस्य थिए । त्यसपछि रोहित आर्मी पुगेका थिए । यस सिजनदेखि शरद भेषावकर एपीएफमा छैनन् । प्रदीप ऐरी र भुवन कार्कीले टोलीको नेतृत्व गरि सकेका छन् । तर टोली केहि भद्रगोल र नतिजा नआएपछि सिनियर टोलीको खेलाडी खोजेको थियो । त्यसमा रोहितलाई कप्तानको जिम्मेवारी दिँदै लिएको हो ।
‘रोहित सरलाई हामीले पिएमकपसँगै दीर्घकालिन सोचका साथ लिएका छौं । त्यसैले ज्ञानेन्द्र र रोहित दुबैलाई लिएका छौं । आगामी दिनमा अन्यलाई पनि थप्ने सोच बनाएका छौं । यदि रोहित चाहनुहुन्छ भने भर्ना पनि हुन सनुहुन्छ । रोहितले हाम्रो भर्नाको नियम भने पालना गर्नुपर्छ’, सुवेदीले थपे ।
‘हामी राम्रो टिम बनाउने सोचमा छौं । एकेडेमीसँगै आफ्नै घरेलु मैदान बनाउने योजना पनि बनाएका छौं’, उनले भने ।
एपिएफले पछिल्ला दुबै प्रधानमन्त्री कपको उपाधि जितेको थियो । २०२१ मा टि२० र २०२२ नोभेम्बरमा एकदिवसीय पिएमकप उपाधि जितेको थियो । त्यसपछि पिएमकप आयोजना भएको छैन ।
पिएमकप शनिबार सुरु हुनेछ । पहिलो पटक राउन्ड रोविनको आधारमा हुँदैछ । सबै ७ प्रदेशले छनोट सम्पन्न गरेका छन् । तीन विभागीय टोलीले पनि आन्तरिक तयारी गरेका छन् । पिएमकप टियु, मुलपानी र भैरहवामा हुनेछ ।
July 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपिएल) रोक्नका लागि आफ्नो संलग्नता नरहेको प्रष्ट पारेका छन्। ‘नेपाल सरकारले एनपिएलको दोस्रो संस्करण नियमानुसार आयोजक संस्थाबाटै संचालन हुने अपेक्षा राखेको अवस्थामा सो संस्करण रोक्नका लागि मेरो संलग्नता भएको भनि प्रचार गरिनु गलत विषय हो ‘ खेलकुद मन्त्री चौधरीले शुक्रवार जारी गरेको विज्ञप्तिमा […]
July 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले च्याम्पियन यु -१६ राष्ट्रिय क्रिकेट टोलीका पुरस्कृत गर्ने भएको । क्यानले शुक्रवार विज्ञप्ति जारी गर्दै एसिसी मेन्स यु-१६ इस्ट जोन कपको च्याम्पियन टोलीका सदस्यलाई जनही ५० हजार रुपैयाँले पुरस्कृत गर्ने जनाएको छ । मलेसियामा भएको प्रतियोगिताको फाइनलमा शनिवार सिंगापुरलाई २ विकेट हराउँदै नेपाल च्याम्पियन बनेको थियो […]
July 11, 2025
एजेन्सी – आयरल्याण्डका अलराउन्डर कर्टिस क्याम्फर व्यावसायिक क्रिकेटमा ५ बलमा ५ विकेट लिने पहिलो खेलाडी बनेका छन् । उनले आयरल्याण्डमा जारी अन्तर-प्रान्तीय टि ट्वान्टी ट्रफीमा नर्थ-वेस्ट वारियर्स विरुद्ध मुन्स्टर रेड्सका लागि यो उपलब्धि हासिल गरे । उनले २.३ ओभरमा १६ रन दिएर ५ विकेट लिए । रेड्सका कप्तान क्याम्फरले आफ्नो दोस्रो र तेस्रो ओभरमा ५ […]