1 year ago
January 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल एपिएफ क्लबबाट प्रशिक्षकको रुपमा डेब्यू गरेका छन् । आफ्नो पूर्व गृह टोली बागमतीविरुद्ध राष्ट्रिय घरेलु प्रतियोगितामा प्रशिक्षकको रुपमा डेब्यू गरेपछि उक्त प्रतिक्रिया दिएका हुन् ।
‘खासै सोचे जस्तो ब्याटिङ त भएन । तर जोरोको त्यो ब्याटिङ र केहि साझेदारीले हामी रक्षा गर्नसक्ने योगफलमा त पुग्यौं । सुरुमा जुन सुरुवात पाएका थियौं सेट भई सकेको लागेको थियो । एउटा अवस्थामा हामीले संघर्ष गर्न पुग्यौं’, ज्ञानेन्द्रले भने ।
त्यसैमा थपे, ‘जोरा देखी खुसी छु । उसको लागि यस्तो खालको इनिङ एकदमै महत्वपूर्ण थियो जस्तो लाग्छ । अन्तर्राष्ट्रिय टोलीमा पनि उ आउने र जाने भई राखेको छ । उसको क्षमता देख्न सकिन्छ ।’
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपीएफ एक समय ४१–५ को दयनीय अवस्थामा पुगेको थियो । तर सन्दीप जोराले १ सय १२ रनको शतकीय इनिङका साथ एपीएफलाई २४१–९ को अवस्थामा पुर्याएका थिए ।
मल्ल नेपाली क्रिकेटले पाएका एक सफल ब्याटर हुन् । गत साउनमा मात्रै नेपाली क्रिकेट टोलीबाट झन्डै डेढ दशक खेलाडी जीवनको यात्रामा पूर्णविराम लगाएका थिए । अघिल्लो महिना सिंगापुर पुगेर लेभल टु कोचिङ कोर्ष सम्पन्न गरेका थिए ।
‘अलिकति फरक भूमिका त भई हाल्यो । एउटा खेलाडी र प्रशिक्षक भएर काम गर्दा धेरै फरक पर्छ । अरुलाई सहयोग गर्न मलाई सधैं मनपर्छ । त्यसले गर्दा एकै पटक खेलाडीबाट प्रशिक्षकको रुपमा आउन अलीकति सजिलो पनि भयो’, उनले भने ।
त्यसैमा उनले थपे, ‘तर पनि सरप्राइज भन्दा पनि कोचिङ एउटा स्कुल वा एकेडेमी स्तरमा होस् । कोचिङमा आवद्ध भएको पनि थुप्रै वर्ष भईसक्यो । आफैंलाई सरप्राइज अनुभव लागेन । अरुको लागि हुनसक्ला’, उनले भने ।
‘अरु बेला भन्दा अलिकति फरक छ । प्लेइङ-११ मा हुँदा मैदानमा सबै कुरा मिलाउने र ध्यान केन्द्रित हुन्थ्यो । बाहिर चाहेपनि हुँदैन थियो । तर अहिले समग्र सबै पिक्चरहरुमा ध्यान दिनुपर्ने र फिल्डहरु पनि हेर्नुपर्ने हुँदो रहेछ’, उनले भने ।
ज्ञानेन्द्रले एपीएफसँग प्रशिक्षकको रुपमा आफ्नो सम्झौता अहिलेलाई पिएकपसम्म भएको बताएका छन् । ‘अहिले छोटो समयका लागि हो । लामो समयका लागि भन्ने कुरा थियो । तर म आफैंले पनि पिएमकप अवधी भर हेरौं भने । अहिले भन्दा भिन्न तरिकाले क्लब बढ्नुपर्छ । पिएमकपपछि बसेर हामी सल्लाह गरेर कसरी जान सक्छौं भनेर निर्णय गर्र्ने छौं । त्यो अनुसारले नै निर्धारण हुन्छ’, उनले भने ।
ज्ञानेन्द्रको पूरा भिडियो :
July 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् । क्लोथिङ ब्राण्ड डेनिम एण्ड डेभिलका तर्फबाट सिइओ धनश्याम काफ्ले र सन्दीपले बिहीवार सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अवधी ३ वर्षको रहेको सिइओ काफ्लेले जानकारी दिए । सम्झौताको आर्थिक पाटो भने दुवै पक्षले खुलाएको […]
July 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक मोन्टी देसाइ काठमाडौं गोर्खाजको प्रशिक्षकमा नियुक्त भएका छन् । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको लागि काठमाडौंले देसाइलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको आफ्नो सामाजिक संजालमार्फत जनाएको छ । एनपिएलको पहिलो संस्करणमा बसन्त शाही ठकुरी काठमाडौंको प्रमुख प्रशिक्षक थिए । काठमाडौंका नवनियुक्त मुख्य […]
July 10, 2025
सुमन अधिकारी, बुटवल लुम्बिनी प्रदेश खेलकुद परिषदले एसीसी मेन्स यु-१६ इस्टन जोन कपको विजेता नेपाली टोली दुई खेलाडी शुभम खनाल र रौनक श्रीवास्तव तथा सहायक प्रशिक्षक पुरणसिंह खत्री लाई नगदसहित सम्मान गरेको छ । परिषद्ले प्रदेश राजधानी देउखुरीमा बिहिवार कार्यक्रमको आयोजना गरि प्रति खेलाडी १ लाख र सहायक प्रशिक्षकलाई ५० हजार रुपैयाँसहित सम्मान गरेको हो […]