default_image

2 years ago

January 14, 2024

दुबे र जैसवालको सानदार ब्याटिङमा भारतलाई सिरिज उपाधि

3074 views

0 Bookmark

एजेन्सी – युवा ओपनर यशस्वी जैसवाल र अलराउन्डर शिवम दुबेको सानदार ब्याटिङमा भारतले दोस्रो टि२० आई खेलमा अफगानिस्तानलाई ६ विकेटले हराउँदै सिरिज उपाधि जितेको छ । योसँगै तीन खेलको सिरिज भारतले एक खेल अगावै जितेको छ ।

जितको लागि १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको भारतले १५.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा यशस्वी जैसवालले ३४ बलमा ५ चौका र ६ छक्कासहित सर्वाधिक ६८ रनको योगदान दिए । जैसवाल पहिलो खेलमा पूर्णरुपमा फिट नहुँदा खेलेका थिएनन् । तर आजको खेलमा शुभमन गिललाई बेन्चमा राख्दै उनलाई मौका दिएको थियो । त्यसको भरपूर्ण फाइदा उठाए ।

त्यस्तै शिवम दुबेले ३२ बलमा ५ चौका र ४ छक्कासहित ६३ रनको अविजित विजयी इनिङ खेले । भारतले कप्तान रोहित शर्मालाई लगातार दोस्रो खेलमा शून्यमा गुमाएको थियो । त्यसपछि विराट कोहलीले १६ बलमा ५ चौकासहित २९ रन बनाउँदै आउट भए ।

तेस्रो विकेटका लागि दुवे र जैसवालले ९२ रनको आक्रामक साझेदारी गर्दै सहज जितको आधार तय गरेका थिए । अफगानिस्तानका करिम जन्न्तले दुई, फजलहक फारुकी रर नविन उल हकले १–१ विकेट लिए ।

त्यसअघि इन्डोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तान २० ओभरमा १ सय ७२ रनमा अल आउट भएको थियो । अफगानिस्तानका गुलबदीन नैबले ३५ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ५७ रनको योगदान दिए ।

अन्य सबै अफगानी ब्याटरले राम्रो सुरुवात गरेपनि ठूलो रनमा परिणत भने गर्न सकेनन् । प्रमुख ओपनर रहमानउल्लाह गुरबाज १४, कप्तान इब्राहिम जद्रान ८, आजमतुल्लाह ओमरजाई २, मोहम्मद नाबी १४, नाजिबउल्लाह जद्रान २३, करिम जन्नत २० र मुजिब उर रहमानले २१ रन बनाए ।

भारतका अर्शदीप सिंहले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । रवि विश्रोई र अक्षर पटेलले २–२ विकेट लिए ।
भारत पहिलो खेलमा ६ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल चिन्नास्वामी स्टेडियम बेंगलोरमा सुरु हुनेछ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.