2 years ago
January 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान दीपेन्द्रसिंह ऐरीको आक्रामक ब्याटिङ र अर्जुन साउदको अर्धशतकमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशलाई ७ विकेटले हराएको छ । पुलिसको लगातार दोस्रो जित र कोशीको तेस्रो हार हो ।

जितको लागि १ सय ६७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको पुलिसले २३.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पुलिसको जितमा अर्जुन साउद ६३ बलमा ५ चौका र २ छक्कासहित ६२ रनमा नट आउट रहे ।
दीपेन्द्रसिंह ऐरी १७ बलमा ४ चौका र २ छक्कासहित ३८ रनमा नट आउट रहे । दीलिप ना ३१ बलमा २ चौका र १ छक्कासहित ३१, कुशल भुर्तेल १२ र सुनिल धमलाले १६ रन बनाए । कोशीका बायाँ हाते तीव्र गतिका बलर कमल खत्रीले ७ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । सोनु मण्डलले १ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी ४८.२ ओभरमा १ सय ६६ रनमा अल भएको थियो । कोशीका बायाँ हाते ब्याटर सुजन थपलियाले १ सय २६ बलमा ६ चौका र ८ छक्कासहित १ सय ५ रनको सानदार शतकीय इनिङ खेलेपनि एकल प्रदर्शन जितको लागि पर्याप्त हुन सकेन ।

उनले ४४ औं ओभरको पाँचौं बलमा सागर ढकाललाई चोभार एन्डतर्फ लङअनमा छक्का हान्दै आफ्नो करिअरको पहिलो शतक पूरा गरेका थिए । उनले १ सय १९ बलमा शतक पूरा गरेका थिए ।
सुजन बाहेक अन्य कुनै पनि कोशीका ब्याटरको प्रदर्शन सम्झन लायक रहेन । कोशी एक समय २४.३ ओभरमा ६४–७ को अवस्थामा पुगेको थियो । त्यसपछि अभ्यास तिमिशिनाले आठौं विकेटका लागि सुजनसँग ९९ रनको साझेदारी गरेका थिए । अभ्यासले ६४ बलमा १ चौका र १ छक्कासहित २३ रन बनाए ।
ओपनर अंकित सुवेदी १०, मिनाश थापा २ र फिर्दोस अन्सारी ९ रनमा आउट भए । पुलिसका करण केसीले ९।२ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशी र सुनिल धमलाले २–२ विकेट लिए । कुशल भुर्तेल, सागर ढकाल र राशिद खानले १–१ विकेट लिए ।

पुलिसले पहिलो खेलमा बागमती प्रदेशलाई ६८ रनले हराएको थियो । कोशी पहिलो खेलमा मधेशसँग ७ विकेट र एपीएफसँग ६ विकेटले पराजित भएको थियो । लगातार तीन हारले कोशीको फाइनल सम्भावना निकै कठिन बनेको छ । कोशीले बिहीबार आर्मीसँग खेल्नेछ । पुलिसले आइतबार भैरहवामा गएर आर्मीसँग खेल्नेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]